प्रतिनिधि सभा विघटन मुद्दा: माघ ३० सम्ममा बहस सकाउन सरकार पक्षलाई प्रधानन्यायाधीशको आग्रह

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संसद विघटनको मुद्दामा माघ ३० गतेभित्र बहस सकाउन सरकार पक्षलाई आग्रह गरेका छन् । आजको संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणाले यस्तो आग्रह गरेका हुन् ।

राष्ट्रपति, प्रधानमन्त्री र सरकार पक्षबाट बहसमा रहेका वकिलहरुलाई इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश राणाले बहस आगामी शुक्रबारसम्ममा सकाउन आग्रह गरेका हुन् ।

सरकारले गत पुस ५ गते गरेको संसद विघटनको विरुद्धमा परेका १३ वटा रिटको सुनुवाइ भइरहेको संवैधानिक इजलासमा गत सोमबारदेखि सरकार पक्षको बहस सुरु भएको थियो । त्यसअघि रिट निवेदकको पक्षको बहस सकिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button