कोभिडविरुद्धको खोप आजदेखि दोस्रो चरणमा लगाइँदै

काठमाडौं । कोरोनाविरुद्धको कोभिडशिल्ड खोप आजदेखि दोस्रो चरणमा लगाउन थालिने भएको छ ।

आजदेखि शुरु हुने दोस्रो चरणमा भने सार्वजनिक कामका निम्ति भिडभाड हुने निजी तथा सरकारी कार्यालयका कर्मचारी एवम् धेरै मानिसहरूसँग प्रत्यक्ष सम्पर्क गर्नुपर्ने जिम्मेवारी भएकाहरूलाई खोप लगाइने स्वास्थ्य मन्त्रालयको योजना छ ।

अक्सफोर्ड विश्वविद्यालय तथा आस्ट्राजेनेका कम्पनीले विकास गरेको अनि भारतीय सिरम इन्स्टिच्युटले उत्पादन गरेको दश लाख मात्राको कोभिशिल्ड खोप भारत सरकारले अनुदानमा दिएपछि माघ १४ गतेदेखि नेपालमा शुरु भएको खोप अभियान सोमवारदेखि दोस्रो चरणमा प्रवेश गर्ने अधिकारीहरूले बताएका छन् ।

एघार दिनसम्ममा देशभरिका करिब दुई सय केन्द्रहरूबाट एक लाख ८४ हजार जनाले पहिलो मात्राको खोप लगाएपछि पहिलो चरणको अभियान शनिवार सम्पन्न भइसकेको बताइएको छ।

पहिलो चरणमा स्वास्थ्यकर्मी तथा कोरोनाभाइरस उपचार तथा व्यवस्थापनमा अग्रपङ्तिमा खटिएकाहरूलाई खोप लगाइएको छ।

सोमवारदेखि शुरु हुने दोस्रो चरणमा भने सार्वजनिक कामका निम्ति भिडभाड हुने निजी तथा सरकारी कार्यालयका कर्मचारी एवम् धेरै मानिसहरूसँग प्रत्यक्ष सम्पर्क गर्नुपर्ने जिम्मेवारी भएकाहरूलाई खोप लगाइने स्वास्थ्य मन्त्रालयको योजना छ।

आजदेखि सुरु हुने खोपमा पत्रकार, कुटनीतिक नियोगका कर्मचारी, बैंकहरू, मालपोत तथा नापी कार्यालय, स्थानीय निकायहरू, खानेपानी तथा विद्युत कार्यालय, दूरसञ्चारसँग सम्बन्धित कार्यालय र सञ्चारकर्मीहरूलाई लक्षित गरेर सोमवारदेखि खोप लगाइनेछ, कोभिड १९ खोप सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेतीले बताए ।

पत्रकारका लागि काठमाडौंको मिनभवनस्थित सिभिल अस्पतालमा केन्द्र तोकिएको छ । त्यस्तै अन्य क्षेत्रका कर्मचारीहरुका लागि पनि खोप केन्द्र निर्धारण गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button