नेप्से परिसूचक र कारोबारमा आज पनि नयाँ रेकर्ड

काठमाडौं । साताको दोस्रो दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक र कारोबारले नयाँ कीर्तिमान कायम गरेको छ।

अघिल्लो दिनभन्दा ३७.४८ अङ्क अर्थात् १.४८ प्रतिशत परिवर्तन भएर नेप्से इन्डेक्स २५६१.४८ अङ्कमा आज बजार बन्द भएको छ। यो विन्दु हालसम्मकै उच्च हो। यसअघि हिजा (आइतबार माघ २५ गते) नेप्से २५२४ विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको थियो।

आजको कारोबार समयमा नेप्से इन्डेक्स बढीमा २५६४.४६६३ र कममा २५३८.४१०७ पुगेको थियो। आज सबैभन्दा धेरै ग्रामिण विकास लघुवित्त वित्तिय संस्था र प्रभु बैंकका लगानीकर्ताले सर्वाधिक ९ प्रतिशत बढी कमाए।

नेप्सेमा आज एकै दिनमा १० अर्ब ६१ करोडको रुपैयाँको कारोबार भई सेयर बजार इतिहासमै सर्वाधिक कारोबारको नयाँ रेकर्ड बनाएको छ।

‘क’ बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७.२८ प्रतिशतले बढेर ४६६.६० को बिन्दुमा पुगेको छ। आज २०६ कम्पनीका २ करोड ११ हजार ५ सय ५५ कित्ता सेयर किनबेच भएका छन्।

सोमबार लगानीकर्ताहरु अब बैंकतिर आकर्षित भएका छन्। सबैभन्दा धेरै मूल्य बढ्नेमा बैंकिङ समूह पहिलो नम्बरमा देखिएको छ। यो समूह ३.६५ अंकले वृद्धि भएको छ। दोस्रो नम्बरमा विकास बैंक समूह देखिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button