प्रधानमन्त्री ओली आज बिहान ११ बजे निर्वाचन आयोग जादैँ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग जाने भएका छन् । बिहान ११ बजे ओली आयोग जाने तयारीमा रहेको सचिवालयले जानकारी दिएकाे छ ।

प्रतिनिधि सभा विघटनपछि नेकपा प्रचण्ड-माधव नेपाल पक्षले बहुमत केन्द्रीय सदस्यको आधारमा पार्टीको आधिकारिकता दिन निर्वाचन आयोगमा माग गरेका छन् ।

नेकपाका दुवै खेमाका नेताहरुले आफूहरु मूल पार्टी रहेको दाबी गर्दै आएका छन् । तर, आयोगले दुवै पक्षको दाबी नपुगेको जनाउँदै आएको छ ।

यसअघि निर्वाचन आयोगले दुबै पक्षलाई बोलाएकोमा प्रचण्ड-माधव पक्षले आधिकारिकताको दावी गर्दै १९ पृष्ठ लामो प्रतिवेदन पेश गरे पनि प्रधानमन्त्री केपी शर्मा ओली भने गएका थिएनन् ।

निर्वाचनको तयारी नेकपाभित्रको विवादलगायत विषयमा छलफल गर्न ओली आयोग जान लागेका हुन् ।

प्रधानमन्त्री ओलीले आयोग कार्यालयमा पुगेर आफूहरु नै आधिकारिक नेकपा भएको दाबी गर्ने साथै उनले आगामी मध्यावधि निर्वाचनको तयारीबारे जानकारी समेत लिने जनाइएको छ ।

गत पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै आगामी बैशाख १७ र २७ गते निर्वाचन मिति घोषणा गरेकी थिइन् ।

संसद विघटन लगत्तै नेकपा विभाजित भएको थियो । एउटा समूहको नेतृत्व ओलीले गरेका छन् भने अर्कोको नेतृत्व प्रचण्ड र माधव नेपालले गरेका छन् ।

बहुमत केन्द्रीय सदस्यहरु आफूतिर रहेको दाबी गर्दै आएको प्रचण्ड–माधव पक्षले ओलीलाई अध्यक्षबाट हटाएर माधव नेपाललाई अध्यक्ष बनाएको छ । ओली समूहले पनि प्रचण्ड–माधव पक्षका नेताहरुलाई हटाउँदै संगठन पुनर्गठन गर्दै आएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button