ओलीलाई प्रचण्डको चेतावनी : १० लाख मान्छे लिएर बालुवाटार घेर्न आउन नपरोस्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम विरुद्ध अब लाखौं मानिस सडकमा आउने दाबी गरेका छन्।

बुधबार नेकपाले काठमाडौंमा गरेको आमसभामा नेकपा अध्यक्ष दाहालले जरूरी परे सिंहदरबार र बालुवाटार घेर्ने अर्को आमसभा गर्ने बताए।

प्रचण्डले भने, ‘केपीजी देख्नुभयो, सभा कस्तो हुन्छ। विरोध र प्रदर्शन कस्तो हुन्छ जनताको पीडा बुझ्नुभएन भने सिंहदरबार र बालुवाटार घेर्न आउँछन्। जरूरी पर्‍यो भने सिंहदरबार र बालुवाटार घेर्ने अर्को आमसभा गर्नेछौं।’

प्रतिनिधिसभा पुनःस्थापना नभए देशमा आँधी हुरी आउने त्यसलाई कसैले रोक्न नसक्ने अध्यक्ष दाहालले चेतावनी दिए।

सर्वोच्च अदालतले अब छिट्टै संसद पुनर्स्थापनाका पक्षमा फैसला गर्ने उनले विश्वास व्यक्त गरे।

अध्यक्ष प्रचण्डले अन्तिममा भने, ‘हाम्रा सम्मानित संवैधानिक निकायले स्वतन्त्र ढंगले विवेक प्रयोग गरुन, कसैको डर धाक, धम्की नहेरुन। जनताको भावना पढून। यत्ति हो अनुरोध! र केपीजीलाई हाम्रो अनुरोध के हो भने, अर्को पटक फेरि १० लाख जनता लिएर बालुवाटार र सिंहदरबार घेर्न आउन नपरोस्’।

बुधबारको कार्यक्रममा ५ लाख मानिस आएको सूचना आफूसँग रहेको अध्यक्ष दाहालले बताएका थिए।

केपी औलीसँग अहिलेपनि सच्चिने बाटो रहेको भन्दै तुरुन्त राजीनामा दिन अध्यक्ष दाहालले सुझाए। राष्ट्र भनेको कुर्सी नभई जनता भएको अध्यक्ष दाहालको तर्क छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button