निर्वाचन आयोगलाई प्रचण्डको चेतावनी : ‘संवैधानिक निकायका प्रमुखहरुले खेलाँची नसोचे हुन्छ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक निकायका प्रमुखहरुलाई अहिलेको नेकपा भित्रको राजनीतिक संकटलाई खेलाँची नसम्झन आग्रह गरेका छन् ।

काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले यो राजनीतिक संकटमा कसैको प्रभावमा परेर गलत निर्णय गरे जनताले कसैलाई नछोड्ने चेतावनी पनि दिए ।

ओलीले निर्वाचन आयोगमा गएर आयोगका पदाधिकारीहरुलाई विभिन्न धम्की दिएको भन्दै प्रधानमन्त्रीको धम्कीमा आयोग परे जनताले नछोड्ने प्रचण्डले चेतावनी दिएका छन् ।

अन्य संवैधानिक निकायहरुले पनि राजनीतिक संकटको बेलामा जो पावरमा छ, त्यसको पछि लागेर जनताको अधिकारमाथि कू गरे नछोड्ने प्रचण्डले चेतावनी दिए ।

निर्वाचन आयोगमा हिजो सरकारको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित मन्त्रीहरु समेत गएर निर्वाचनको विषयमा छलफल गरेका थिए ।

छलफलको क्रममा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीले नेकपा भनेको आफू भएकाले आफूअनुकुल निर्णय गर्न आग्रह गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button