सनराइजका सबै कर्मचारीको कोरोना बिमा

काठमाडौं । सनराइज बैंकले आफ्ना सबै कर्मचारीको कोरोना बिमा गराएको छ । बैंकले कार्यरत सम्पूर्ण स्थायी, करार, प्रशिक्षार्थी, सवारी चालक, कार्यालय सहयोगी, सुरक्षा गार्डलगायत कर्मचारीको कोभिड–१९ बिमा गराएको हो ।
१ लाख रुपैयाँ बराबरको सामूहिक बिमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीमार्फत् गराइएको हो ।