प्रहरी हिरासतबाट झाँक्रीले भनिन् : यो अन्तिम लडाईं हो, आफ्नो ठाउँमा डटौं
काठमाडौं । नेकपाको प्रचण्ड–माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीले ‘प्रतिगमन’विरुद्धको अन्तिम लडाईं भएको बताएकी छन् ।
प्रहरी हिरासतमा रहेकी झाँक्रीले सामाजिक सञ्जाल ट्विटरमा लेखेकी छन्,‘यो अन्तिम लडाईं हो । आफ्नो ठाउँमा डटौं।’
राज्य विरूद्धको कसुर अन्तर्गत फोजदारी संहिताको दफा ५८ अनुसार पक्राउ पूर्जी जारी गरी उनलाई बिहीबार दिउँसो शंखमुलस्थित निवासबाटै गिरफ्तार गरिएको थियो। झाँक्रीलाई प्रहरीको महानगरीय अपराध महाशाखा मिनभवनमा राखिएको छ ।
महाशाखा रहेकी झाँक्रीलाई नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ र योगेश भट्टराईले भेटेका छन् ।
झाँक्रीलाई पक्राउ गरिएपछि नेकपाको प्रचण्ड माधव पक्षसहित नेपाली कांग्रेसका नेताहरुले विरोध गरेका छन् भने सामाजिक सञ्जालमा पनि उनको पक्राउको विरोध भएको छ ।