भागरथीको हत्यारा पत्ता लगाउन माग गर्दै बैतडी सदरमुकाममा आज पनि प्रदर्शन

बैतडीको दोगडाकेदार गाउपालिका-७ की किशोरी भागरथी भट्टको न्यायाको लागि बैतडीमा दिनप्रतिदिन प्रदर्शन चर्किदै जान थालेको छ ।
आज पनि बैतडीमा भागरथी भट्टको हत्यारा पत्ता लगाउन माग गर्दै प्रदर्शन चर्किएको थियो । जिल्लाको साहीलेक गोठलापानी हुदै गढीस्थित जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शन चर्काएका हुन ।
प्रर्दशनमा बिद्यार्थी, अधिकारकर्मी, समाजसेबीहरुको बाक्लो उपस्थिती रहेको थियो । घटना घटेको दिन देखि बैतडीमा दैनिक जसो हत्यारालाई छिटो कटघरामा उभ्याउन माग गर्दै आन्दोलन गर्दै आएका छन ।
हिजो प्रधानमन्त्रीलाई ज्ञापन पत्र पेश गरिएको थियो । यहि माघ २१ गते बुधबार बिद्यालय गएकी दोगडाकेदार गाउपालिका-७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्ट २२ गते बिहिबार साँझ ५ बजे जङ्गलमा मृत भेटिएकी थिइन ।
प्रहरीले हालसम्म हत्यारा पत्ता लगाउन सकेको छैन ।