विप्लव नेतृत्वको भातृ संगठन अखिल(क्रान्तिकारी)द्वारा बाँकेमा बिरोध प्रर्दशन

किशोर शाही बाँके । अहिले नेपालमा एकपछि अर्को गर्दै बलाकारपछि हत्याको घटना दिनप्रतिदिन बढदै गएको छ । घटनाको अनुसन्धान गर्न र अपराधीलाई कारवाही गर्न प्रहरी प्रशासन चुक्दा अझै पनि पीडितहरु न्याय पाउने आशामा बस्नुपर्ने अवस्था छ ।

निर्मला पन्तको बलात्कारपछिको हत्या एउटा समाजको उदाहरणीय घटना मात्र हो । फेरी एउटा घटना सेलाउन नपाउँदै निर्मला पन्त जस्तै अर्को एउटा यस्तै प्रकृतिको डरलाग्दो घटना घटेको छ ।

एक साता पहिले बैतडी जिल्ला दोगडाकेदार नगरपालिका वडा नं. ७ निवासी, सिर्कोटस्थित सनातन धर्म माध्यामिक विद्यालय कक्षा १२ मा अध्यनरत भागिरथी भट्टको बलात्कार गरी हत्या भएको थियो ।

घटनालाई लिएर हत्यारालाई सजायको माग गर्दै देशका विभिन्न क्षेत्रमा विरोध प्रदर्शन भइरहेका छन् । यस्तै बाँकेको कोहलपुरमा पनि विभिन्न संघसंस्थाहरुले दिनप्रतिदिन विरोध प्रर्दशन गर्दै आइरहेका छन ।

विहिवार भूमिगत नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) बाँकेले पनि बृहत विरोध प्रदर्शन गरेको छ ।

भुमिगत रुपमा रहेर राजनीति गरिरहेको बिप्लव नेतृत्वको भातृ संगठनले अहिलेको केपी नेतृत्वको सरकारको पालामा सबैभन्दा बढी बलात्कारका घटना भएको दाबी गरेको छ ।
प्रदर्शनमा विद्यार्थीहरुले ‘मान्छे मार्न पाइदैन, भागरथीलाई न्याय दे, हत्यारालाई कारबाही गर, लगायतका नारा समेत लगाएका थिए ।

विरोध प्रदर्शन त्रिभूवन माविदेखि, न्यूरोड हुँदै चौराहामा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोण सभालाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) बाँके महेन्द्र बहुमुखी क्याम्पस ईकाई कमिटीका सभापति डिल्ली क्षेत्रीले भागरथीको न्यायको लागि विद्यार्थीहरु सडकमा आउनुपर्ने बाध्यता भएको बताए ।

उनले सम्बोधनमा आक्रोश व्यक्त गर्दै वर्तमान सरकार बलात्कारीहरुको मतियार भएको आरोप लगाएका छन् । ‘जबसम्म सरकारले बलात्कारीको संरक्षण गरिरहन्छ, निरन्तर न्यायको लागि सडकबाट हामी लड्नेछौ’, उनले भने ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button