जनयुद्ध दिवसका दिन बुटबलमा ओली पक्षको सभा

बुटवल । प्रधानमन्त्र केपी शर्मा ओली नेतृत्वको नेकपाले आज लुम्बिनी प्रदेशको रूपन्देहीस्थित बुटवलमा विशाल जनसभा गर्दैछ । जनयुद्ध दिवसको अवसर पारेर बुटवलमा ओली समूहले सभा गर्न लागेको हो ।
नेकपा लुम्बिनी प्रदेशले आयोजना गर्न लागेको जनसभालाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली शनिबार बिहान बुटवल प्रस्थान गर्दै छन् ।
आजको जनसभा ऐतिहासिक हुने नेकपाका नेताहरूले बताएका छन् ।
लाखौं जनता जनसभामा सहभागी हुने नेकपा नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पाेखरेलले दाबी गरेका छन् ।
संसद विघटनपछि नेकपाको दुई समूहले आमसभा गरिरहेका छन् ।