शहीदहरुको बलिदानले प्राप्त गरेका उपलब्धी गुम्न दिने छैनौं : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले जरुरी पर्‍यो भने फेरि पनि बलिदान दिन तयार छौं भनेर संकल्प गर्न आह्वान गरेका छन् ।

२६ औं जनयुद्ध दिवसको दिन (शनिबार) काठमाडौंको कोटेश्वर (पेरिसडाँडा)स्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले जरुरी पर्‍यो भने फेरि पनि बलिदान दिन तयार छौं भनेर आज संकल्पन गर्ने दिन भएको बताएका हुन् ।

‘शहीदहरुलाई सम्झिने भनेको हामी तिनीहरुले बलिदान गरेर प्राप्त गरेका उपलब्धी गुम्न दिने छैनौं भन्ने हो । हामी जरुरी पर्छ भने फेरि बलिदान हुन तयार छौं भनेर संकल्पन गर्ने दिन हो आज,’ प्रचण्डले भने ।

सात दशक लामो संघर्षबाट प्राप्त उपलब्धि खतरामा रहेको उल्लेख गर्दै प्रचण्डले त्यसको रक्षाका लागि सबैले संघर्षको मैदानमा उत्रिनुपर्ने पनि बताए । ‘सात दशक लामो संघर्षबाट प्राप्त भएको उपलब्धी खतरामा छ । हजारौं शहीदहरुले रगत बगाएर प्राप्त गरेको संविधान धरासायी पार्ने षड्यन्त्र भइरहेको छ,’ प्रचण्डले भने, ‘त्यसकारण हामी सबै नेपालीहरु एकजुट भएर फेरि एकचोटी संघर्षको मैदानमा उत्रिनुपर्ने संकल्प गर्ने दिन हो आज, र म त्यो अपिल सबैसँग गर्न चाहन्छु ।’

आफूहरु मर्नबाट बाँचेको मान्छे भएको उल्लेख गर्दै प्रचण्डले संविधानमाथि घात भएको यो बेला फेरि मर्न परे परिन तयार हुने समेत बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button