तयार भयो प्रधानमन्त्रीको कार्यालय, सोमबार सर्ने

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारस्थित पहिलैकै स्थानमा सर्ने भएको छ ।

भूकम्पले क्षतिग्रस्त सिंहदरबारको मुख्य प्रशासनिक भवनअन्तर्गतको पूर्वी मोहडा (उत्तरी, पूर्वी र दक्षिणी भाग)को प्रबलीकरण सम्पन्न भएसँगै सो भवनमा सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थानान्तरण हुने भएको खबर गोरखापत्र दैनिकमा छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘प्रधानमन्त्रीले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भवनको उद्घाटन गर्नुहुनेछ । उद्घाटनपछि उहाँले सरकारको तीन वर्षको उपलब्धिबारे सञ्चारकर्मीहरूलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।’

प्रधानमन्त्रीको सम्बोधनपछि अहिलेको भवनबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय उद्घाटन गरिएको भवनमा स्थानान्तरण हुने उनले स्पष्ट पारे ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) का प्रमुख श्यामकिशोर सिंहले सिंहदरबारको मुख्य प्रशासनिक भवन (प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहने भवन) को प्रबलीकरण सम्पन्न भई प्रधानमन्त्रीबाट फागुन ३ गते उद्घाटन गरिने कार्यक्रम तय भएको जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button