प्रतिनिधिसभा विघटनविरुद्धको रिट: आजदेखि संवैधानिक इजलासमा जवाफी बहस सुरु हुँदै

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्धका रिटउपर आजदेखि संवैधानिक इजलासमा जवाफी बहस सुरु हुँदै छ ।

रिट निवेदकको तर्फबाट पाँच जनाले जवाफी बहस गर्नेछन् । प्रधानन्यायाधीशले यसअघि नै जवाफी बहसमा बढीमा पाँच जनालाई बोल्न दिने बताइसकेका छन् ।

जवाफी बहसका लागि नेकपाका प्रमुख सचेतक देव गुरुङका तर्फबाट वरिष्ठ अधिवक्ताहरू रमण श्रेष्ठ, शम्भु थापा, मेघराज पोखरेल, हरिहर दाहाल, हरि उप्रेती र शेरबहादुर केसीले जवाफ दिने तय भएको छ । जवाफी बहसपछि एमिकस क्युरीले आफ्नो राय राख्न सक्नेछन् ।

एमिकस क्युरीमा नेपाल बार एसोसिएसनका तर्फबाट बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनाली चयन भएका छन् भने सर्वोच्च बार एसोसिएसनले अध्यक्ष पूर्णमान शाक्य र गीता पाठक संग्रौलालाई पठाएको छ । उनीहरुका लागि सर्वोच्च अदालतले दुई दिनको समय छुट्टाएको छ ।

५ पुसमा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेपछि त्यसविरुद्ध सर्वोच्चमा १३ वटा रिट परेका थिए ।

प्रधानन्यायाधीश जबरा नेतृत्वको संवैधानिक इजलासमा त्यसमाथि सुनवाइ भइरहेको छ । जबरासँगै न्यायाधीशहरू तेजबहादुर केसी, सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र विश्वम्भरप्रसाद श्रेष्ठ छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button