चुनावको मस्यौदाबारे छलफल गर्न निर्वाचन आयोगले ओली, प्रचण्डसहित देउवालाई बोलायो

काठमाडौं । निर्वाचन आयोगले चुनावको आचारसंहिताबारे सबै दलका प्रतिनिधिहरुसँग आज छलफल गर्दैछ ।

निर्वाचन आचारसंहिताको मस्यौदा तयार पारिसकेको र सो मस्यौदाबारे राजनीतिक दलहरुसँग छलफल गर्न लागिएको आयोगले जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आचारसंहिताको मस्यौदामा राय परामर्श लिन बिहान ११ बजे दलहरुलाई बोलाइएको जानकारी दिए ।

सरकारले वैशाख १७ र २७ का लागि घोषणा गरेको चुनावका लागि निर्वाचन आयोगले निर्वाचन आचारसंहिताबारे छलफल गर्न आज सबै दलका प्रतिनिधिलाई बोलाएको हो ।

निर्वाचन आचारसंहिताको मस्यौदा तयार पारिसकेको आयोगले यसबारे राजनीतिक दलहरूसँग छलफल गर्न लागेको हो।

छलफलका लागि दलका प्रतिनिधिलाई बिहान ११ बजे आउन भनिएको आयोगले जनाएको छ।

आयोगले नेकपा दुवै पक्षका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा कांग्रेसका सभापति शेरबहादुर देउवालगायत सबै दलका अध्यक्ष/सभापतिलाई बोलाइएको हो ।

प्रतिनिधि सभा विघटन असंवैधानिक कदम भन्दै नेकपाकै प्रचण्ड–नेपाल पक्ष, नेपाली कांग्रेस तथा जनता समाजवादी पार्टी चरणबद्ध आन्दोलनमा रहेका बेला निर्वाचन आयोगले निर्वाचन आचारसंहिताबारे छलफल गर्न दलहरूलाई बोलाएको हो ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरी वैशाख १७ र २७ गते चुनाव गराउने घोषणा गरेकी हुन्। त्यसयता ओली समूहबाहेक देशका लगभग सबै दल, नागरिक समाज, कलाकार, लेखक आन्दोलित छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button