सभामुख सापकोटाको सचिवालयद्वारा भ्रमपूर्ण समाचारको खण्डन

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले आज एक विज्ञप्ति जारी गर्दै सभामुखका बारेमा आएको वन सम्बन्धी समाचारको खण्डन गरेको छ ।
सभामुख सापकोटाका सञ्चार विज्ञ श्रीधर न्यौपानेद्वारा जारी विज्ञप्तिमा जलाधार क्षेत्रका जग्गाको सम्बन्धमा सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्नुपर्ने बाध्यात्मक संवैधानिक व्यवस्था बमोजिम भएको विषयलाई सापकोटासँग जोडेर भ्रमपूर्ण प्रचार गरिएको जनाइएको छ ।
सुनसरीको वनमन्त्रीको जिम्मेवारीमा रहँदा धरानस्थित सर्दु जलाधार क्षेत्रको सरकारी जग्गा हिनामिना गरेको भन्ने समाचार प्रकाशित प्रति सचिवालयको गम्भीर ध्यानकर्षण भएको विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिमा सर्वोच्च अदालतको तत्कालीन फैसला कार्यान्वयन गर्नुपर्ने वाध्यात्मक संवैधानिक व्यवस्था ९संविधानको धारा १२६० र तत्कालीन वन तथा भूसंरक्षण सचिवले उठाउनुभएको टिप्पणीअनुसार अगाडि बढाइएको समेत दाबी गरिएको छ ।