शैक्षिक गुणस्तरियताका लागि हाजिरी जवाफ

रातोपाटीन्यूज, सिन्धुपाल्चोक /  बाह्बिसे नगरपालिका ४ मा रहेको शारदा माध्यमिक बिद्यालयबाट २०६१ सालमा एसएलसी परीक्षा दिएका समूहले आइतबार नगरस्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।

हाजिरी जवाफमा शारदा माबि प्रथम, सरस्वती शंकर माबि द्धितीय, तृतीय बच्छलादेवी माबि र कालीदेवी माबि सान्त्वना भएका थिए ।

प्रथम, द्धितीय र तृतीय स्थान हाँसिल गर्ने बिद्यार्थीहरुलाई प्रमुख अतिथि तथा श्री शारदा पूर्व बिद्यार्थी समाजका अध्यक्ष भूपेन्द्र बिक्रम थापा, बाह्बिसे काठमाडौं सम्पर्क समाजका अध्यक्ष महेन्द्र बहादुर श्रेष्ठ, शारदा माबिका प्रधानध्यापक तोयनाथ नेपाल लगायतले पुरस्कार बितरण गरेका थिए ।

शारदा पूर्व बिद्यार्थी समाज एसएलसी समूह २०६१ ले शैक्षिक गुणास्तरीयताका लागि खेलेको बिभिन्न कार्यको प्रमुख अतिथि थापाले खुलेर प्रशंशा गरेका थिए । शैक्षिक र सामाजिक ब्यक्तित्व समेत रहनु भएका थापाले श्री शारदा पूर्व बिद्यार्थी समाजले शारदा माबिमा बार्षिक १० वटा रचनात्मक, सिर्जनशील र सहयोगका कार्यक्रम गर्ने पनि जानकारी दिएका छन् ।

श्री शारदा पूर्व बिद्यार्थी समाज एसएलसी समाज २०६१ समूहका अध्यक्ष संतोष बोहराले आगामी बर्षदेखि शारदा माबिको कक्षा ६, ७ र ८ मा अध्ययन् गरि उत्कृष्ट अंक हाँसिल गर्ने एक बिद्यार्थीलाई ५० हजार भन्दा बढी मूल्य पर्ने ल्यापटप पुरस्कार दिने बचनबद्धता गरेका छन् ।

बिद्यार्थीहरुलाई शैक्षिक उत्कृष्टता हाँसिल गर्न सो पुरस्कार प्रदान गर्न लागेको अध्यक्ष बोहराले बताए । त्यस्तै सो समूहका सदस्य तथा कार्यक्रम संयोजक नवीन बहादुर श्रेष्ठले एसएलसी २०६१ समूहले शारदा माबिको शैक्षिक प्रभावकारीताका लागि अक्षय कोष स्थापना गरेर बिभिन्न छात्रवृत्ति, सहयोगका साथै रचनात्कम अतिरिक्त क्रियाक्लाप गरेको जानकारी दिए ।

बिभिन्न रोगका बिरामीलाई नगद सहयोग पनि गरिएको श्रेष्ठले बताएका छन् । सो कार्यक्रममा शिक्षकहरु, सहयोगी संघसंस्था लगायतलाई कदरपत्रद्धारा सम्मान गरिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button