प्रदेश १ को वार्षिकोत्सव प्रचण्ड-नेपाल समूह र कांग्रेसद्वारा बहिष्कार

विराटनगर । प्रदेश १ सरकारको वार्षिकोत्सव कार्यक्रम नेकपाको प्रचण्ड-नेपाल पक्ष र नेपाली कांग्रेसले बहिष्कार गरेको छ ।

मुख्यमन्त्री कार्यालय विराटनगरमा जारी कार्यक्रममा प्रचण्ड-नेपाल पक्ष र प्रमुख विपक्षी नेपाली कांग्रेसका प्रदेशका नेता र पदाधिकारी पनि अनुपस्थित छन् ।

कार्यक्रममा ओली समूहका सांसदहरू र कांग्रेसकी बिन्दिया कार्कीमात्र कार्यक्रममा सहभागी छन् । कांग्रेस संसदीय दलका नेता राजीव कोइरालालाई मञ्चमा पटक-पटक बोलावट भए पनि उनी अनुपस्थित रहे।

कार्यक्रममा प्रदेश सरकारले २३२ बुँदे उपलब्धि सार्वजनिक गरेको छ । प्रदेश प्रमुख सोमनाथ प्यासीले उपलब्धि समेटिएको पुस्तिका सार्वजनिक गरेका छन् । मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार सफल रहेको दाबी गरे।

Related Articles

2 Comments

  1. आजको बिश्व बन्धुत्व र भाइचाराको युगिन परिवेशमा एउटा प्रदेशको नाम समेत जुराउँन र आपसमा सहमतिमा पुग्न नसकेको सन्दर्भमा के त्यस्तो हर्ष बढाँइ हुनु र उपस्थिति हुनु होला सबैले !!!

  2. आजको बिश्व बन्धुत्व र भाइचाराको युगिन परिवेशमा एउटा प्रदेशको नाम समेत जुराउँन र आपसमा सहमतिमा पुग्न नसकेको सन्दर्भमा के त्यस्तो हर्ष बढाँइ हुनु र उपस्थिति हुनु होला सबैले !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button