बैतडी: कांग्रेसको बिरोधसभामा झडप, आधा दर्जन बढि घाइते

बैतडीमा नेपाली कांग्रेसको विरोध सभामा झडप भएको छ । जिल्लाको डिलाशैनि गाउँपालिका वडा न. ३ पंसेरामा आयोजित बिरोधसभामा केहि ब्यक्तिले एक्कासी ढुंगामुडा प्रहार गरेपछि झडप भएको हो ।

डिलाशैनि गाउँपालिकाको केन्द्र पंसेरामै हुनुपर्ने माग गर्दै नारा लगाएका १०–१५ जनाको समुहले आक्रमण गर्दा  झडपमा आधा दर्जन बढि ब्यक्ति घाइते भएका छन् ।

आइतबार कांग्रेसमा प्रबेश गरेका जयराज भट्टले भाषण गरिरहेका बेला कालो झण्डा सहित माइकमा बोल्दै आएका ब्यक्तिहरुले ढुंगामुढा प्रहार गरेको नेपाली कांग्रेस जिल्ला कार्यसमिति आमन्त्रित सदस्य राजेन्द्र बिष्टले बताउनुभयो ।

ढुंगामुढा प्रहारबाट कांग्रेस नेता एनपी साउदको पेटमा सामान्य चोट लागेको छ । उक्त सभामा नेपाली कांग्रेसकी नेतृ डिला सङ्ग्रौला र नैनसिंंह महरलगायतको सहभागीता रहेको थियो ।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बैतडीको टोली घटनास्थल पुगेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button