बैतडीमा एक जनाको शव फेला

बैतडीमा एक जनाको शव फेला परेको छ। जिल्लाको दशरथचन्द नगरपालिका–९ का करिव ६५ वर्षीय मानसिँह पन्त मंगलबार बिहान देहिमाण्डौँ बजारको सडक छेउमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

सोमबार घरबाट बजारका लागि हिँडेका उनले मदिरा सेवन गरेको र मदिरा सेवनका कारण राति चिसोले कठ्याङग्रीएर ज्यान गएको हुनसक्ने प्रहरीको अनुमान छ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button