भागरथी भट्टका हत्यारालाई एक/दुई दिनमै सार्वजनिक गर्छौं : डिआईजी सुवेदी

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआईजी उत्तमराज सुवेदीले बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न दोषीहरुलाई एक/दुई दिनमै सार्वजनिक गर्ने बताएका छन् ।

डिआईजी सुवेदीले आफूहरु अपराधीको निकट पुगिसकेकोले एक/दुई दिनभित्रै अपराधीलाई सार्वजनिक गर्ने बताएका हुन् । उनले भने,‘यो घट्नामा संलग्न अपराधीलाई सार्वजनिक गर्ने तयारीमा छौं, अपराधी पत्ता लागिसकेको छ।’

घट्नाको अनुसन्धानमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख सुवेदी आँफै खटिएका छन् । उनी १० दिनदेखि बैतडीको एउटा सामान्य प्रहरी चोकीमा बस्दै आएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button