नेपालमा वर्ण विभेद र कम्युनिष्ट आन्दोलन

नेपाल संसारमै एउटा सून्दर र भू–परिवेष्ठित देश हो । जहाँ धेरै समय अघिदेखि लिच्छवी राजाहरू, मल्ल राजाहरू र किराँत राजाहरूले राज्य गरेका थिए ।

शासन, सत्ता विभिन्न समयमा फेरिने अथवा, उतार र चढावमा रहिरहेका थिए । त्यसबेला यो देश नेपालमा एक प्रकारको वर्ण विभेदको बालक जन्मिएर हुर्किंदै गयो ।

भनौ भने, यो जातीय विभेद, हिन्दू धर्म र हिन्दू धर्मका अनुयायी, जो भारतबाट नेपाल आए, तिनीहरूको कारण नेपाल पनि धार्मिक कुण्ठा बोकेका धर्मको दलाल गरेर सर्वसाधारणलाई दल्नेहरूले नेपाल भित्र्याए ।

यसमा राजा, रजौटा, धर्मको नाममा राजनीति गर्ने, शोषक सामन्तहरूले, हिन्दू धर्मको मनुष्मृतिबाट मानिसहरूलाई पशुसरह व्यावहार गर्ने इजाजत लिएर गाउँ समाजमा प्रवेश गरे ।

नेपाली समाजमा जातिप्रथा कसरी भित्रियो ?
झण्डै पन्ध्रौं शताब्दीमा भारतका हिन्दू राजा–रजौटाहरूलाई मुसलमानहरूको विस्तारवादी आक्रमणबाट पराजित र आक्रान्त भएर, तिनका प्रजाहरूसहित नेपालको पश्चिमी किल्लाबाट प्रवेश गरी गोरखा आएर बसोबास गर्ने क्रममा, तिनीहरूले त्यहाँ पनि राजा बनाएर शासन गर्न लागे ।

त्यो प्रभावमा हिन्दू शाश्त्रको मनुष्मृतिअनुसार ब्रह्माको मुखबाट ब्राह्मण निस्किएको हो, जसले मुखले जजमान गरेर खान्छ, उसले जे बोल्छ, त्यो पवित्र हुन्छ, ब्रह्माको पाखुराबाट क्षेत्रीहरू निस्किएका हुन्, जसले सम्पूर्ण ब्रह्माण र ब्रह्माणले मान्ने धर्मको रक्षा गर्नुपर्छ भनेकोले अहिले हिन्दूधर्मको मुद्दा लिएर हिँड्ने ब्रह्माणभन्दा बढी क्षेत्रीहरू छन् ।

ब्रह्माको पेटमुनिदेखि बैष्य आए, तिनीहरूले व्यापार गरेर खानुपर्छ भनेकोले नेवारहरू लगभग सबै व्यापारी हुन् र ब्रह्माको खुट्टाबाट शूद्र आए, तिनीहरूचाहिँ माथि उल्लेखित जातिकाबाहेक सबै पर्दछन् ।

जसले परिश्रम गरेर ब्रह्माणलाई खुवाउनुपर्छ, तिनीहरू अछूत हुन् भनी लेखिएकोले तिनीहरूले दलित भनी अत्याचार गर्छन् ।

त्यसकारण त्यो बेला, चार जात छत्तीस वर्णमा विभाजन गर्ने सत्रौं शताब्दीका राजा राम शाह थिए, जसले न्याय नपाए गोरखा जानु खोज्न पनि भन्ने आह्वालाई प्रख्यात बनाए ।
नेपालमा शाह वंशीय राजाहरूको कारण मल्ल राजा, विशेष गरी जयस्थिति मल्लले यस जाति प्रथालाई वैधानिकता दिनुअघि, भारतीय वर्ग र वर्णको रूपमा विकसित विभेदलाई नेपालमा आफ्नै बुवाले दिनुभएको अधिकारझैं लादियो ।

हुन त वास्तविक भारतबासी द्रविडहरू हुन्, तर प्यालेस्टाइनबाट भागेर आई सिन्धू भ्यालीमा डेरा जमाएर बसी सिन्धू भ्याली सभ्यता नाम दिइएकाे परदेशी तथा शरणार्थीहरू पछि भारत वर्षका राजाहरू बने ।

तिनीहरूले द्रविडहरू र त्यहाँ बसोबास गर्नेहरूलाई दासको रूपमा प्रयोग गरे, कालान्तरमा राज्यहरू टुक्रिने क्रममा तिनै आर्यहरूको पनि राज्य टुक्रिएर जसले जित्यो, त्यसलाई दास बनाउँदा आर्यले आर्यलाई पनि दास बनाउन थाले ।

त्यसको परिणाम स्वरूप, हिन्दू सामन्तवाद सुरू भयो ।

जसले दुई प्रकारको शोषण गर्यो, त्यस शोषणमा निजी दास, जसले पकाएर खुवाउने, सेवा गर्ने, मालिस गरिदिने तर त्यसको अधिकार शून्य हुन्थ्यो ।

यससँगै अर्को प्रथा सुरू गरे, जसलाई काम लगाउने, दल्ने, तर पानी नचल्ने, जो अर्धाधिकार सम्पन्न हुन्थ्यो । तिनीहरूलाई दलित भनियाे । दिलत शब्द बेठीक हाे, भारतबाट सापट गरिएकाे शब्दावली हाे याे ।

जातिप्रथा र सामाजिक कानुनहरू
यो प्रवृत्ति नेपालमा आयो ।

लिच्छवीकाल, मल्लकाल, किराँतकाल हुँदै शाहवंशीय राजाले काठमाडौं जितेपछि नेपालव्यापी बनाइयो । यो मल्ल राजाबाट अब शाह राजाहरूको हातमा, जो भारतीय हुन्, तिनीहरूलाई जातिप्रथाको राम्रो ज्ञान थियो ।

यसरी शाहवंशीय राजाहरूले राणहरूको साथ लिएर कडाइका साथ जातिप्रथालाई प्रबल बनाउन, भारतमा गरिएकाेजस्तै पेशा अपनाउन लगाए ।

लुगा सिलाउने, जुत्ता सिलाउने, फलामको सरसामान बनाउने कामहरू दिए, र सबैभन्दा बढी मद्यपान गर्न लगाएर, मातमा काम गर्न लगाएर, सधैं काममा मात्र दलाएपछि कपडा, शरीरको छाला नराम्रो त हुने नै भयो, तर परिवारबाट बञ्चित गरी सन्तान दरसन्तान पनि थोरै उत्पादन गर्न लगाए ।

यही क्रममा, पञ्चेहरूले राजाको अधिकार गाउँगाउँमा भारतको सिको गरी लैजाए र तिनीहरू अशिक्षित भएकोले कानुनी कारवाही भनेको लट्ठीले पिट्ने, सामाजिक दर्जा बनाउने र कम्जोर, गरीब र अन्तरजातीय विवाह गर्नेहरूलाई निच जातिको संज्ञा दिएर पेल्ने काम गरे ।

अझ भनौं भने, कसैका छोरीबुहारीलाई गर्भ बोकाइदिए र जो गरीब, टुहुरो, निर्धो थियो, त्यसले गरेकाे हो भनी अत्याचार गराएर हाडनाता करणीको नाममा कारवाही गराई निचजाति भनेर शोषक सामन्तीहरूले बनाइदिए ।
त्यही जात लिएर हिँड्दा गिल्ला गर्ने, हेप्ने र काममा दलाउने काम गरे ।

२००७ सालको जनआन्दोलन, २०३६ सालको जनआन्दोलन, २०४६ सालको जनआन्दोलन सबैले तिनीहरूले बनाएका कथित साना जातिका मानिसहरूलाई लडाईंको मैदानमा पठाएर आफू बग्गी चढी चुनाव जिते ।

विचरा तिनीहरूद्वारा बनाइएका दलितहरूको केही उद्धार भएन ।

झन, ती व्यक्तिहरूलाई दलित नामले चिनाए । पहिले विभिन्न सानो जाति भन्थे, तर त्यसबेलादेखि अहिलेसम्म अर्को पनि दर्जा जबरजस्ती लगाइदिए, दलित ।

धर्मिक समुदायमा जातिप्रथाको कालो कर्तुत
हिन्दू धर्ममा
अहिले नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी र विभन्न धर्मका धर्मगुरु अनि धर्मका अनुयायीहरूले झन अधिकार दिएका छैनन्, तर अधिकारबाट बञ्चित गराएका छन् ।

हिन्दू धर्ममा त जाति प्रथा, घर तथा समाजमा महिलाको स्थान तोकिदिएर, मन्दिरमा प्रवेश रोक लगाएर, अझ भनौं, पशुपतिनाथको मन्दिरमा विदेशी प्रवेश रोक लगाएर भारतीय धर्मगुरु नियुक्त गरी धर्मको नाममा नेपालमा अवैध व्यापार गराउने, देशको गहनाको रूपमा भएका मन्दिरका मूर्तिहरूको तस्करी गर्ने, गराउने खालका काम भइरहेका छन् ।

दलितलाई मन्दिरमा प्रवेश निषेध गरिन्छ, दलितले ल्याएको विस्कुट चल्छ, काँक्रो चल्दैन, भुटेको तोरीको तेल शहरबाट बोकेर गाउँमा दलितले लगिदिएको चल्छ, तर पानी चल्दैन ।

पहिरोले बगाएर मारेको अफ्ठ्यारो ठाउँको लाश दलितले झिक्नुपर्छ, ज्यानको बाजी लगाएर, तर सजिलो ठाउँमा निकालेपछि लाश छुन मिल्दैन ।

घर बनाउन माटो दलितले मुछेको हुन्छ, घरको लागि चल्छ, घरभित्र पस्न मिल्दैन ।

आखीर किन ? पशुपंक्षी, कुकुर, विरालो, कुखुराजस्ता पशुले छोएको खान्छन्, तिनीहरूलाई ङरभित्र प्रवेश अनुमति छ, तर, मानिसले छोएको चल्दैन, किन ?

तात्कालिन नेकपा माओवादीले युद्ध जितेकै जातीय पहिचान र जातीय विभेदबाट समाजलाई उन्मुक्ति दिनको लागि हो, खोई सामाजिक परिवर्तन, खोई जातीय उन्मुक्ति ?

इस्लाम धर्ममा
इस्लाम धर्ममा पनि विभिन्न जातजाति हुन्छन्, नेपालमा कम्तीमा ३० इस्लामिक तिहरू छन् ।

विभिन्न दर्जाका, जातकाले अर्काको घरमा त होइन, मस्जिदमा पनि अर्कै, अलि पछाडि लाइन लगाएर बस्न दिइन्छ ।

धर्मगुरुले अधिकारबाट बञ्चित बनाएर राखेका हुन्छन्, अरुले भनेको मान्नुहुँदैन, इम्मामले जे भनेका छन्र, त्याे मात्र सत्य हाे अरू असत्यजस्ता अधिकारबञ्चित गराउने काम भइरहेकाे छ ।

यसपालिको कोरोनाको घटनामा धेरै कुराहरू सर्वसाधारणले देखेर मूल्याङ्कन गर्न सक्छन् ।

कुन जातिको मुसलमानले कुन जातिको मुसलमानसँग विवाह गर्नुहुँदैन, इत्यादि अतिवादहरूले इस्लाम समुदाय पनि आक्रान्त छ ।

इसाई धर्ममा
इसाईहरूका पनि धर्मगुरुहरू प्रायः ब्रह्माणहरू र क्षेत्री नै धेरै देखिन्छन्, उच्च अाेहाेदामा बसेर, किथत उपल्लाे जातिहरूले अरूले जेजस्ताे व्यावहार गछर्न्, त्यही व्यावहार भाेगिरहेकाे अनगन्ती इसाईहरू बताउँछन्।

धेरै ठाउँमा समानताको पाठ सिकाएका छन् तर भित्री रूपमा अहिले पनि गाउँमा भन्दा शहरमा झन जाति प्रथा, तल्लो र उपल्लो वर्ग, शिक्षित वर्ग र अशिक्षित वर्ग, धनी वर्ग र गरीब वर्ग इत्यादि भएका छन् भने धेरैजनाको विवाह रोकिएको छ ।

हाल इसाई समुदायभित्रका विकृतिहरू झन मौलाउन लागेको कतिपय इसाईहरू बताउँछन् ।

आफ्नै जातिको वरसँग विवाह गर्नुपर्ने भनेर बुवा–आमाले दवाव दिएकोले भागेर विवाह गरेका घटना, चर्चमा पाठ गर्ने बेला पनि कतिपय स्थानहरूमा प्रत्यक्ष रूपमा तल्लो जाति भनेर अपहेलना गरेको, अधिकारबञ्चित गरेको, हेपिएको, बाइबलको पाठ एउटा सिकाएको र खुलेआम जातीय विभेद गरेको घटना वरिपरि विछिप्त छन् ।

बुद्ध धर्ममा
बौद्धमार्गीहरूको पनि कथा त्यस्तै छ ।

उनीहरूले पवित्र मानेको गुम्बामा एउटा कथित दलित प्रवेश गर्यो भने रोक लगाइन्छ, हातपात गरिन्छ । शेर्पा र तामाङकाे विवाह चल्दैन, धेरैले भन्छन् धामिर्क विभेद छैन, तर अति छ ।

जातको कुरामा जसले जुन धर्म मानिरहेको भए तापनि हिन्दू धर्मको मनुष्मृतिको अधीनमा रहेका छन् ।

सबै ठाउँमा त्यस्तै विभेद हुन्छ भने, अब कसले कसलाई सुधार्नुपर्छ ?

सुधार्ने कुन उपाय छ त नेपालसँग ?

जातिप्रथा र कम्युनिष्ट आन्दोलन
विभिन्न कालखण्डमा, कथित दलितहरूलाई अचानो बनाएर राजनीति गरिएकोे छ । नेपाली काँग्रेसले धेरै राज गर्यो, उत्थानभन्दा अझ समाजमा विकृति बढेर गयो ।

राप्रपा नेपाल राजावादी हुन्, तर त्यही राजावादी र हिन्दू राष्ट्रको नाममा राजनीति टिकाइरहन सजिलो भएको छ । पञ्चेहरूले गरेकाे अत्याचार माथिनै उल्लेख भएकाे छ ।

यसको संघारबाट, झण्डै कम्युनिष्ट पार्टीले पनि दलित मधेसी, महिलाको आवाज उठाएर विभिन्न चुनावहरू जित्यो, दुःखको कुरा जातीय विभेदको सामाजिक संरचना कहिल्यै परिवर्तन गरेन ।

तात्कालीन नेकपा माओवादीले युद्ध जितेकै जातीय पहिचान र जातीय विभेदबाट समाजलाई उन्मुक्ति दिनको लागि हो, खोई सामाजिक परिवर्तन, खोई जातीय उन्मुक्ति ?

कम्युनिष्टहरू शोषक र सामन्तीको विरुद्धमा लड्ने भनेर युद्धमा होमिएका, आखीर त्यही कम्युनिष्टहरूका जननिर्लेवाचित प्रतिनिधिले विभेद गरेर जातको नाममा किन यत्ति ठूलो नरसंहार गरे ?

हाम्रो देशमा बनेको कानुन केवल धनी, शिक्षित तर उपल्लो जातवर्गका अनि सत्तामा रहेकाहरूको लागि मात्र भयो ।

कागजी कानुन बनियो, व्यावहारिक कानुन त विचरा कुनै पनि कम्युष्टिहरूले बनाउन सकेनन् ।

जातीय विभेद गर्नेहरूलाई कानुनी उपचारको व्यवस्था
हुन त २०७२ सालको संविधानले जातीय विभेद गर्ने शोषक सामन्तलाई कानुनी कारवाही गर्ने अधिकार दिएको छ ।

तर कारवाहीको लागि निवेदन भर्दा, अखीर त्यही शोषक सामन्ती नै त्यस ओहोदामा बसेको छ, त्यसले कहिले विभेदको विरुद्धमा निवेदन गर्न आउनेलाई न्याय दिन्छ र ?

जताततै राजनीति छ, सोर्स–फोर्स, नातावाद, कृपावादले देश थिलथिलिएको छ ।

नेपालको संविधान २०७२ को भाग ३ को मौलिक हक र कर्तव्य शिर्षकमा धारा १७ को उपधारा २ को (च) १ को (क) अनुसारः कुनै कुराले नेपालको सार्वभौमसत्ता, भौगोकि

अखण्डता, राष्ट्रियता र स्वाधीनतामा वा संघीय इकाइ वा विभिन्न जात, जाति, धर्म, सम्प्रदायबीचको सुसम्बन्धमा खलल पर्ने, जातीय भेदभाव वा छुवाछूतलाई दुरुत्साहन गर्ने…

अनि मुलुकी देवानी संहिता २०७४ को भाग ३ को १८) अनुसारः
भेदभाव गर्न नपाइनेः

(१) सामान्य कानूनको प्रयोगमा उत्पत्ति, धर्म, वर्ण, जात, जाति, लिङ्ग, शारीरिक अवस्था, अपाङ्गता, स्वास्थ्य स्थिति, वैवाहिक स्थिति, गर्भावस्था, आर्थिक अवस्था, भाषा वा क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा भेदभाव गरिने छैन ।

(२) कुनै पनि व्यक्तिलाई उत्पत्ति, धर्म, वर्ण, जात, जाति, समुदाय, पेशा, व्यवसाय, लिङ्ग, शारीरिक अवस्था, अपांगता, स्वास्थ्य स्थिति, वैवाहिक स्थिति, गर्भावस्था, आर्थिक अवस्था, भाषा वा क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुनै पनि आधारमा निजी तथा सार्वजनिक स्थानमा भेदभाव गरिने छैन र त्यस्तो आधारमा कुनै पनि व्यक्तिलाई सार्वजनिक प्रयोगमा रहेका सेवा, सुविधा वा उपयोगका कुराहरू प्रयोग गर्नबाट वा सार्वजनिक स्थल वा सार्वजनिक धार्मिक स्थलमा प्रवेश गर्न वा आफ्नो इच्छा अनुसारको धार्मिक कार्य गर्नबाट वञ्चित गरिने छैन ।

(३) कसैलाई पनि समान कामका लागि लैङ्गिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा भेदभाव गरिने छैन ।

(४) कुनै नागरिकलाई सरकारी वा सार्वजनिक पदमा नियुक्ति गर्दा कानूनले निर्धारण गरेको योग्यताका आधारमा मात्र गरिनेछ ।

त्यसरी नियुक्ति गर्दा कुनै पनि नागरिकमाथि उत्पत्ति, धर्म, वर्ण, जात, जाति, लिङ्ग, आर्थिक अवस्था, भाषा वा क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा भेदभाव गरिने छैन ।

१९) विशेष व्यवस्था भएकोमा भेदभाव गरेको नमानिनेः दफा १७ र १८ मा जुनसुकै कुरा लेखिएको भए तापनि सामाजिक वा साँस्कृतिक दृष्टिले पिछडिएका महिला, दलित, आदिवासी, आदिवासी जनजाति, मधेशी, थारू, मुस्लिम, उत्पीडित वर्ग, पिछडा वर्ग, अल्पसङ्ख्यक, सीमान्तीकृत, किसान, श्रमिक, युवा, बालबालिका, ज्येष्ठ नागरिक, लैङ्गिक

तथा यौनिक अल्पसङ्ख्यक, अपाङ्गता भएका व्यक्ति, गर्भावस्थाका व्यक्ति, अशक्त वा असहाय, पिछडिएको क्षेत्र र आर्थिक रूपले विपन्न खस आर्य लगायत नागरिकको

संरक्षण, सशक्तीकरण वा विकासका लागि कानून बमोजिम विशेष व्यवस्था गरेकोमा भेदभाव गरेको मानिने छैन ।

मुलुकी देवानी संहितामा यदि कसैले जात, जाति र धर्मको कारण विभेद व्यहोर्नुपर्छ भने त्यो दण्डनीय अपराध हुनेछ भनेर लेखिएको छ ।

अहिलेका विभिन्न घटनाहरू हेर्दा यो मुलुकी देवानी संहिता २०७४ र २०७२ को संविधान केवल कागजी दस्तावेज मात्र भएका छन्, कार्यान्वयन गर्न सकेका छैनन् ।

भलै सामाजिक संजालमा जातीय विभेदका कुराहरू छ्यास्छ्यास्ती छाएको केही दिन भयो, यो विवाहको निहुँ पारी कथित दलितहरूलाई कथित उपल्लो जातका भनी चिनिएका केही पशुसमान व्यावहार गर्ने मानिसहरूले हत्या गरी भेरीमा फ्याँकेको अवस्था छ ।
कोही धार्मिक अतिवादको उन्मादमा हुर्किएका र आफूलाई स्वर्गदूत सम्झिने पटहरूले घाउमाथि नून चूक छर्किने र अझ पीडाले डाहमा बस्नुपर्ने अवस्था सिर्जना गरेको छ ।

सोसल मिडियाका सामन्तीहरू, वास्तविक संसारका सामन्तीहरू, जसले दलितलाई अझ होच्याएर बोलिएका, लेखिएका गालि गलौजहरूको फिल्टर गरेर, तिनीहरूलाई कानुनी कठघरामा कहिले पुर्याउने ?

दलितहरू किन पीडित हुन्छन् ?
कथित उपल्लो जातको भनी हाँक दिनेहरू को हुन् ? कि जातिप्रथा दिनानुदिन घट्नुपर्ने तर बढ्दै गइरहेका छन् ? तिनीहरू पढ–मूर्ख (सैध्दान्तिक पढाई तर व्यावहारिक गुनाई नभएकाे) भएकोले नै हो ।

किन हरेक ठाउँमाः गाउँघरमा, होटेलमा, कार्यालयमा, विद्यालयमा दलितहरूले उत्पीडन भोगिरहेका छन् ?

अ) अधिकांश कथित उपल्लो जाति धनी बनाइएका छन् ।

आ) अधिकांश कथित उपल्लो जाति सामन्ती र शोषकी स्वभावका छन् ।

इ) अधिकांश कथित उपल्लो जाति सैद्धान्तिक छन्, व्यावहारिक छैनन् ।

ई) अधिकांश कथित उपल्लो जाति नै राज्य सत्तामा छन् ।

उ) अधिकांश कथित उपल्लो जाति राज्यका मुख्य मन्त्रालयहरूमा र मुख्य संयन्त्रहरूमा छन् ।

ऊ) अकिांश कथित उपल्लो जाति मात्र शासकको आशनमा छन्, त्यसकाे कारणः

क) शिक्षाको कारणले

ख) नातावाद, कृपावादको कारणले

ग) ब्रह्मणवादको कारणले ।

अन्तमा, यस वर्ष मात्र मानव अधिकार, संविधानको मर्म, तथा देशको कानुनलाई मिचेर अझै पनि हामी सामन्ती जीवित छौं, अब हाम्रो संहारको लागि अर्को जनआन्दोलन र प्रतिशोध आवश्यक छ भनी देखाउनेको संख्या अधिक भइरहेकाे छ ।

यसरी तराईमा, विशेषगरी झापामा, अनि नेपालको पश्चिमी भेगमा छाउपडी प्रथा, नेवारजाति भित्रका थुप्रै जाति र विभेदहरू, नेपालको हिन्दू मन्दिरमा भएका विभेद, चर्चमा भएका विभेद, मस्जिदमा भएका विभेद, गुम्बामा भएका विभेद, राजनीतिक पार्टीमा भएका विभेद, समाजमा भएका विभेदहरू कहिलेसम्म रहिरहने ?

समाजको कालो कीराको रूपमा जकडिएर बसेको देशघाती, राष्ट्रघाती अनि अविकसित मानसिकताको उपज जातीय, सांस्कृतिक क्रान्ति गरी समृद्ध नेपाल बनाउन

यस्तो हत्याकाण्ड होइन हातेमालो गरेर अघि बढ्ने समाज निर्माण नहुन्जेल कथित दलित र अर्धदलितको कुरा कसैले सुन्दैन, परिवर्तनकारी बुज्रूक मित्रहरू उठौं, जागौं, सामन्ती, शोषकीहरूको विरुद्धमा परिवर्तनको लागि क्रान्तिको विगुल फुकौं ।

-कलम क्रान्ति

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button