भागरथी हत्या प्रकरण: आरोपितमाथि अनुसन्धानका लागि ५ दिनको म्याद

बैतडी । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार तथा हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टमाथिको अनुसन्धानका लागि अदालतले प्रहरीलाई थप ५ दिनको अनुमति दिएको छ ।

हत्या आरोपी भट्टलाई ५ दिन म्याद थप गरेर अनुसन्धान गर्न बुधबार जिल्ला अदालत बैतडीले अनुमति दिएको प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तराज सुवेदीले जानकारी दिए ।

बुधबार दिउँसोजिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रहरीले अभियुक्तलाई सार्वजनिक गरेको थियो ।

भागरथीका दाइ केशवराज भट्टले बुधबार बिहान आरोपी भट्टविरुद्ध किटानी जाहेरी दर्ता गराएका थिए ।

‘अभियुक्तले आफूले हत्या गरेको बयान स्वीकारिसकेका छन्,’ डीआईजी सुवेदीले भने,’ घाँटी थिचेर मारेको बयान दिएपनि हत्या गर्नुको कारण उनले भनेनका छैनन् । उनलाई आजै अदालतमा उपस्थित गराएका छौं । अदालतले ५ दिन म्याद थप गरेको छ ।’

प्रहरीका अनुसार भट्टले घाँटी थिचेर हत्या गरेको र त्यसपछि बलत्कार प्रयास गरेको बयान दिएका छन् ।

जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा डिआईजी उत्तमराज सुवेदीले आरोपीले भागरथीलाई सुरुमा धकेलेर लडाएको अनि दुवै हातले घाँटी थिचेर हत्या गरेको बताए ।

‘अनुसन्धानले उनी एक्लै यसमा संलग्न देखिएको छ, अब फरेन्सिक ल्याब लगायक अन्य रिपोर्टहरु आएपछि हामी थप तथ्यहरु बाहिर ल्याउन सक्छौ,’ उनले भने ।

भट्टले ढुकेर भागरथीको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

नायब महानिरीक्षक उत्तमराज सुवेदीले ती किशोरले हत्या गर्न भागरथीलाई अगाडि नै लवलेक जंगलमा कुरेर बसेका थिए । भट्ट दोगडाकेदार गाउँपालिका ७ का भागरथी भट्ट पढ्ने सनातन धर्म माध्यमिक विद्यालयकै कक्षा ११ अध्ययनरत थिए ।

माघ २१ गते दिउँसो करिब २ बजेतिर ती किशोर अन्तिम कक्षा नपढी साथीहरूसँग फर्किएका थिए ।

साथीहरूसँग जाँदा उनी बजारबाट साथीहरूसँग छुटेर घर जाने भन्दै फर्किएको डिआइजी सुवेदीले बताए।

‘घर जाने क्रममा घटनास्थल पुगेर भागरथीलाई मार्ने उदेश्यले कुरेर बसेको देखियो,’ उनले भने, ‘भागरथीलाई सडकभन्दा तल धकेलेर लडेपछि जबरजस्ती घाँटी थिचेर मारेको देखियो,’ डिआइजी सुवेदीले भने ।

तर, किशोरले बलात्कार भने नगरेको प्रहरीको बयानमा भनेका छन् । तर, पोष्टमार्टम रिपोर्टमा बलात्कार भएको देखिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button