बलात्कारीलाई फाँसीको सजाय माग गर्दै हजारौं विद्यार्थी सडकमा

यमु कडेल, बाँके ।  सरकारद्वारा प्रतिवन्धित विप्लव नेतृत्वको अर्धभुमिगत रुपमा रहेको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) भेरी-कर्णाली क्षेत्रिय समन्वय समितिले बृहत बिरोध प्रदर्शन गरेको छ।

निर्मला पन्त, सम्झना कामी देखि भागरथी भट्ट लगायत देशैभरका बलात्कार र हत्याका घटनामा संलग्नलाई फाँसीको सजाय माग गर्दै अखिल क्रान्तिकारीले बिहिवार नेपालगन्जमा बिरोध प्रदर्शन गरेको हो ।

र्‍यालीमा नेपालगन्जको धम्बोजि माध्यामिक बिद्यालय, मंगलप्रसाद माबि, आदर्श माबि, जिभियन र होलिल्याण्ड लगायतका विद्यालयका विद्यार्थीहरुले हजारौंको सङ्ख्यामा सडकमा बिरोध र्‍याली निकालेका छन् ।

र्‍यालीमा सहभागी विद्यार्थीहरुले बलात्कारमा संलग्नलाई कारबाही गर, निर्मला पन्तका हत्यारालाई सार्बजनिक गर, भागिरथीको हत्यारालाई कारबाही गर, महिला हिसां बन्द गर, बलात्कार र हत्यामा संलग्नलाई फाँसीको ब्यवस्था गर लगायतका नारा लगाएका थिए ।

झम्बोजि चोक देखि बिपि चोकमा पुगेको बिशाल र्‍याली गणेशमान चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button