भागरथीको शव यात्रा सुरु

बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया भागरथी भट्टको शव यात्रा सुरु भएको छ।

बैतडी सदरमुकाम गोठालापानीबाट महाकाली नदीको शेरा आर्यघाटका लागि उनको शव यात्रु सुरु भएको हो।
गत माघ २१ गते विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएकी भागरथी भोलिपल्ट बलात्कारपछि हत्या गरेको अवस्थामा मृत फेला परेकी थिइन्।

भागरथीको हत्या गरेको अभियोगमा प्रहरीले उनका भाइ नाता पर्ने दिनेश भट्टलाइ पक्राउ गरि अनुसन्धान गरिररहेको छ।

प्रारम्भीक अनुसन्धानका क्रममा अभियुक्तले भागरथीको बलात्कारपछि हत्या गरेको स्विकार गरिसकेको प्रहरीले जनाएको छ।

यसअघि प्रहरीले अभियुक्तमाथि विश्वास गर्न सकिने खालका प्रमाण प्रस्तुत गर्न नसकेको भन्दै परिवारजनले शव बुझ्न मानेको थिएन।

तर बिहीबार परिवारकै सदस्य सामू बयान लिने क्रममा समेत उनले आफूले नै भागरथीको बलात्कारपछि हत्या गरेको स्विकारेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button