विराटनगरमा आज ओली पक्षको सभा, प्रधानमन्त्री जाँदै

विराटनगर । प्रधानमन्त्रीसमेत रहेका नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले आज (शनिबार) विराटनगर जाँदै छन् ।

उक्त समूहले आयोजना गर्ने सभालाई सम्वोधन गर्न प्रधानमन्त्री ओली विराटनगर जाने जनाइएको छ ।

विराटनगरको विराट नर्सिङ होम अगाडि हुने आमसभाको तयारीका लागि मञ्च व्यावस्थापन‚ सहभागी बस्ने ठाँउको व्यावस्थापन सकिएको आयोजकले जनाएको छ ।

कार्यक्रमलाई सफल बनाउनका लागि नेकपाले यसअघि नै बृहत् मोटरसाइकल र्‍याली तथा मार्चपास गरिसकेको छ ।

आज हुने कार्यक्रममा ओली समूहको नेकपा प्रदेश कमिटीका अध्यक्ष देवराज घिमिरेको संयोजकत्वमा १ हजार १ सय ११ सदस्यीय जनपरिचालन मूल कमिटी गठन गरिएको जनाइएको छ ।

आजको कार्यक्रममा प्रदेश नम्बर १ बाट १ लाखभन्दा बढी मानिसहरू जनभासमा उतार्ने तयारी रहेको आयोजकले जनाएको छ।

विशेष गरेर मोरङ, सुनसरी, झापा, इलाम, धनकुटा, भोजपुर र उदयपुरबाट बढी मानिस ल्याउने गरी तयारी भईरहेको छ ।

सभामा प्रधानमन्त्री ओलीसहित गृहमन्त्री राम बहादुर थापा बादल, नेता सुवाष नेम्वाङ, प्रदेशका मुख्यमन्त्री शेरधन राईलगायत अन्य नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको कार्यक्रम आयोजक समितिले जानकारी दिएको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button