वि.पी. स्मृति भवन निर्माणका लागि शिलान्यास

ललितपुरको दक्षिण दुर्गममा रहेको बागमती गाउँपालिका वडा नम्बर ३ भट्टेडाँडामा नेपाली कांग्रेस वडा कमिटिको वि.पी. स्मृति भवन शिलान्यास गरिएको छ ।

७१ औं प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार नेपाली कांग्रेस इकाई समितिको नयाँ भवन शिलान्यास गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली कांग्रेस जिल्ला सभापति पूर्व सासंद मदन अमात्यले भवनको शिलान्यास गरेका हुन् ।

शिलान्यासपछि मन्तव्य राख्नुहुँदै प्रमुख अतिथि अमात्यले पार्टीको पहिलो खुड्किला भनेको संगठन भएको बताउनु हुँदै, ‘पार्टीको संगठनपछि घर हो सबै वडामा घर हुन आवश्यक छ घर भएपछि जनताको सेवा हो । ’
उनले देशको रक्षाका लागि अघि बढन्न आफ्ना कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

उक्त अवसरमा बागमती गाउँपालिकाभित्र जन्मिएर पत्रकारिता र कलाकारिताको माध्यमबाट समाज रुपान्तरणमा सघाउ पुर्याउने १०/ १० जना पत्रकार र कलाकारलाई विशेष सम्मान समेत गरिएको छ।

सम्मानित हुनेहरुमा दर्पण दैनिकमा आबद्ध सन्तोष दाहाल, अन्नपूर्ण पोस्टका फोटो पत्रकार अशोक दुलाल, बागमती अनलाइनका दिपेन्द्र चौलागाईं, बिगुल न्युज र ओमकार टेलिभिजनका सरोज दाहाल, राजधानी दैनिकका सविन शर्मा, शैलुङ्ग अनलाइनका प्रकाश थिङ लगायत सागर न्यौपाने, नवराज कार्की, सुदर्शन घिमिरे, माधवप्रसाद घिमिरे र नवराज संजेल रहेका छन् भने कलाकारहरुमा वर्षा सिलवाल, सम्झना खड्का, सुन्तली खड्का, सुवास महत, दिपक बजगाईं कैलाश, केशव बजगाईं, सरोज लामा, प्रकाश सापकोटा, संजय लामा, संगीता लामा, मेनुका सञ्जेल र रञ्‍जित सञ्जेल लगायत रहेका छन्।

कार्यक्रममा बोल्दै वडाध्यक्ष समेत रहेका कांग्रेस बाग्मतीका सभापति विष्णुप्रसाद तिमल्सिनाले वागमती गाँउपालिका जस्तो विकट क्षेत्रमा हुर्केर पत्रकारिता तथा कला क्षेत्रलाई योगदान दिनुका साथै गाँउपालिकाको शिर उँचो बनाएकाहरुको सम्मान स्वरुप कार्यक्रम आयोजना गरिएको बताए।

कलाकार र पत्रकार गाँउपालिकाका गहना भएको उनको भनाई थियो । यस्तै कांग्रेस जिल्ला सभापति एवंम पूर्वसासंद अमात्यले वागमती गाँउपालिकामा रहेका कलाकार र पत्रकारलाई सम्मान गरेर आयोजकले उदाहरणीय काम गरेको भन्दै प्रशंसा गरेका थिए ।

उनले आगामी दिनहरुमा नेपाली कांग्रेसलाई राष्ट्रको अग्रणी पार्टी बनाउनका लागि सबैले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नमा समेत जोड दिएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button