विप्लवमाथिको प्रतिबन्ध हट्न सक्ने, वार्ताका लागि विप्लव तयार

काठमाडौं । नेत्रविक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेकपाले वार्ताका लागि तयार रहेका जनाएको छ।

नेकपाका महासचिव ‘विप्लव’ले सरकारसँगको वार्ताका लागि आफूहरू सकारात्मक रहेको बताएका छन्।

विप्लले आफूहरूको क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवं जनताको हित र अधिकारका लागि रहेका उल्लेख गरेका छन्।

विप्लवले विज्ञप्ति जारी गरेसँगै सम्भवतः प्रधानमन्त्री ओलीले प्रतिबन्ध हटाउने घोषणा गर्ने बताइएको छ।

सरकारले फागुन २८ गते २०७५ मा विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको थियो। त्यसपछि महासचिव विप्लवसहितका नेताहरू भूमिगत भएका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button