सरकारले आज भारतबाट १० लाख डोज कोरोना खोप ल्याउँदै

भारतबाट आज कोरोना भाइरसविरुद्धको थप १० लाख डोज खोप नेपाल आइपुग्ने भएको छ।
सरकारले सेरम इन्टिच्यूट अफ इण्डियाबाट उत्पादित १० लाख डोज कोभिशिल्ड खोप ल्याउन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार २० लाख डोज खोप खरिदको लागि सम्झौता भएकोमा पहिलो खेपमा १० लाख डोज खोप ल्याउन लागिएको हो।
एयर इण्डियाको विमानबाट आइतबार दिउँसो साढे १ बजे खोप आइपुग्ने मन्त्रालयले जनाएको छ।