सैनिक सत्ता विरुद्ध म्यानमारमा प्रदर्शन जारी, सेनाको गोली प्रहारबाट दुईको मृत्यु, ३० घाइते

एजेन्सी । म्यानमारको सैनिक शासनविरुद्धको विरोध प्रदर्शनको क्रममा शनिबार कम्तीमा दुई जनाको मृत्यु भएको छ।

जननिर्वाचित सत्ता हत्याएको विरोधमा भएको प्रदर्शनका क्रममा म्यानमारको सेनाले चलाएको गोली लागि २ जनाको ज्यान गएको हो ।

म्यानमारको सङ्कट व्यवस्थापन अधिकारीले सुरक्षा कारवाहीमा दुई व्यक्तिको मृत्यु भएको पुष्टि गरेका छन्।

‘आक्रोशित प्रदर्शनकारीको भीडलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको हो। घटनामा दुई व्यक्तिको मृत्यु भएको छ भने करिब ३० जना घाइते भएका छन्,’ मन्डलायास्थित स्वयमसेवी आपतकालीन उद्धार टोलीका प्रमुख ह्लाइंग मिन ओओले भने।

घाइतेमध्ये अधिकांश व्यक्तिलाई प्रहरीले सिधै गोली हानेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। मृतकमध्ये एक जना किशोर रहेका र उनको टाउकोमा गोली लागेको ओओले बताए।

म्यानमारमा केही हप्ता पहिले निर्वाचित सरकारलाई सैनिक ‘कू’ मार्फत् हटाएर सेनाले शासन सुरु गरेपछि विरोध प्रदर्शन चर्किएको बिबिसीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button