प्रदेश १ का मुख्यमन्त्री शेरधन विरुद्ध अविश्वास प्रस्ताव पेश

काठमाडौं । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई विरूद्द अविश्वास प्रस्ताव पेश भएको छ।

मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव पेश भएको सो बैठकमा ओली पक्षका सांसदको भने उपस्थिती छैन।

आइतबार बसेको प्रदेशसभा बैठकमा प्रचण्ड-माधव समूहका सांसद इन्द्रबहादुर आङ्बोले अविश्वास प्रस्ताव पेश गरेका हुन।

आविश्वास प्रस्ताव पेश भएसँगै प्रदेशसभा बैठक स्थगित भएको छ। राईविरुद्ध प्रचण्ड–माधव समूहले १२ पुसमा अविश्वासको प्रस्ताव दर्ता गरेको थियो।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button