मुख्यमन्त्री राई विरुद्ध आज अविश्वासको प्रस्ताव पेश हुने

काठमाडौं । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध आविश्वासको प्रस्ताव आज पेश हुने भएको छ।

प्रदेश सचिवालयले जारी गरेको कार्यसूची अनुसार आज मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वसाको प्रस्तावमाथि छलफल हुनेछ।

दिउँसो २ बजे बैठक बस्ने भनिएपनि प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलको प्रमुख सचेतकहरु रहेको कार्यव्यवस्था परामर्श समितिको बैठक अझै बस्न सकेको छैन ।

आजको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध पेश भएको अविश्वास प्रस्तावमाथि छलफल गर्ने कार्यसूची छ । तर मुख्यमन्त्री राईले बैठक रोक्न आग्रह गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button