मेलम्चीको पानी काठमाडौं ल्याउन आज परीक्षण गरिंदै

काठमाडौं । काठमाडौं उपत्यकाबासीको तिर्खा मेट्ने भनिएको बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको पानीलाई काठमाडौं ल्याउन आज परीक्षण गरिंदैछ ।

मेलम्ची खोलाको पानी काठमाडौँ ल्याउन आजदेखि सुरुङमा प्रवेश गराएर परीक्षण गर्न लागिएको हो । मेलम्ची खोलादेखि सुन्दरीजलसम्मको सुरुङ खण्डमा पानी पथान्तरण गरी परीक्षण गरिँदै छ ।

तीन चरणमा पथान्तरण गरी परीक्षण सफल भएपछि मात्रै मेलम्ची खोलाको पानी काठमाडौँ आइपुग्नेछ । यो परीक्षण गर्न कम्तिमा दुुई महिना लाग्ने आयोजनाले बताएको छ ।

मेलम्ची खानेपानी विकास समितिका पदाधिकारी तथा खानेपानीमन्त्री मणिचन्द्र थापाले आज मेलम्ची पुगेर पानी पथान्तरणको निरीक्षण गर्ने कार्यक्रम रहेको खानेपानी मन्त्रालयले जनाएको छ । त्यस अवसरमा मन्त्री थापाले समग्र आयोजनाको प्रगतिका बारेमा निरीक्षण गर्ने बताइएको छ ।

आज दिउँसो ११ः०० बजेबाट पथान्तरणका लागि सुरुङमा पानी पठाइने कार्यक्रम तय भएको छ । मेलम्चीमा सुरुङ प्रवेशद्वार (गेट) को जडान र फिनिसिङको काम सम्पन्न भएपछि पानी पथान्तरण गर्नुअघि प्राविधिक टोलीमार्फत अनुगमन गरिएको थियो ।

आयोजनाको प्रमुख दाता एसियाली विकास बैङ्क (एडीबी) ले पानी पथान्तरणअघि विज्ञहरूबाट अनुगमन गराएर थप काम गर्नुपर्ने सुझाव दिएपछि पथान्तरणका लागि करिब दुुई महिना ढिला भएको थियो । यसअनुसार मेलम्चीको पानी काठमाडौँ आउन कम्तीमा पनि अझै दुुई महिना लाग्ने देखिन्छ ।

मेलम्ची खानेपानी समितिका अनुसार तीन चरणमा पथान्तरण गरिनेछ । पहिलो चरणमा सुरुङमा पानी पठाएर होल्ड (पथान्तरण) गरिनेछ ।

उक्त पानी सुरुङबाट बाहिर फालेर पुनः पथान्तरण गरिनेछ । तीन चरणको पथान्तरणपछि मात्रै सुन्दरीजलमा पानी ल्याइनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button