आज सुरक्षा परिषदको बैठक बस्दै, के के छन एजेण्डा ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सुरक्षा परिषदको बैठक बोलाएका छन् । सुरक्षा परिषदको नियमित बैठक आज बिहान साढे ९ बजे सिंहदरबारस्थित परिषदको कार्यालयमा बस्ने छ ।

आज बोलाइएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र आगामी निर्वाचन लगायतका बिषयमा छलफल हुने बताइएको छ । आजको बैठक नियमित भएपनि निकै महत्वका साथ हेरिएको छ ।

बैठकमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा र प्रधानसेनापति पूर्णचन्द्र थापा सहभागी हुने बताइएको छ ।

खासगरी राष्ट्रिय विपद र सुरक्षामा खतरा पैदा भए सेना परिचालन गर्ने निर्णय गर्न सुरक्षा परिषदको बैठक बस्ने गर्दछ । देशको सुरक्षा अवस्थाबारे छलफल गर्न पनि आवश्यकताअनुसार बैठक बस्ने गर्दछ । यसअघि गत कात्तिकमा सुरक्षा परिषदको बैठक बसेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button