प्रतिनिधि सभा विघटन मुद्दामा आज ‘हेर्दाहेर्दै’

काठमाडौं । प्रतिनिधिसभा विघटनकाे मुद्दामा फेसलाको व्यग्र प्रतीक्षा भइरहेका बेला सुनुवाईको सम्पूर्ण प्रक्रिया सकेको सर्वोच्च अदालतले हेर्दाहेर्दैमा आज पेसी तोकेको छ ।

सोमबारसम्म सबै कानून व्यवसायी र एमिकस क्युरीका कानुन व्यवसायीलाई बहसनोट पेस गर्ने समय तोकेर मंगलबारका लागि पेशी तोकेको हो ।

४ माघ यता निरन्तर सुनुवाइ हुँदै आएकामा गत शुक्रबार बहस सकिएपछि सर्वोच्च अदालत अब फैसलाको तयारीमा जुटेको छ । अर्थात् अब छिट्टै सर्वोच्च अदालतमा निसु (निर्णय सुनाउने) प्रक्रियामा अघि बढ्नेछ ।

सर्वोच्चले फैसला छिट्टै गर्नका लागि १० फागुनसम्म आफ्नो बहस नोट बुझाउन बहसकर्तालाई समय तोकेको थियो । सो मितिमा सबै कानुन व्यवसायीले आफ्नो बहस नोट बुझाइसकेका छन् ।

प्रतिनिधिसभा विघटनको मुद्दामा गम्भीर संवैधानिक प्रश्न उठेपछि अदालतले एकिमस क्युरी (अदालतको सहयोगी) समेत राखेर परामर्श लिएको थियो ।

अदालतले गत १० पुसमा प्रतिनिधिसभा विघटनको विषयमा गम्भीर संवैधानिक प्रश्न उठेको भन्दै एमिकस क्युरी झिकाउने निर्णय गरेको थियो ।

प्रतिनिधिसभा विघटनविरुद्ध १२ वटा रिटको सुनुवाइमा पक्ष र विपक्षीको मत सुनेपछि एमिकस क्युरीको राय लिइएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button