सुरक्षा परिषद् बैठक– विप्लवका गतिविधिदेखि निर्वाचनको तयारीबारे छलफल

प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को नियमित बैठक आज बसेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मुलुकको समग्र सुरक्षा अवस्था, निर्वाचन सुरक्षालगायत विषयमा केन्द्रित रही छलफल भएको जनाइएको छ ।

स्रोतका अनुसार बैठकमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका गतिविधिको समीक्षा समेत गरिएको छ । यस्तै, विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने विषयमा पनि छलफल भएको स्रोतले बताएको छ ।

बैठकमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, मुख्यसचिव शङ्करदास वैरागी र प्रधानसेनापति पूर्णचन्द्र थापा सहभागी भएको मन्त्रालय स्रोतले जनाएको छ ।

नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षासम्बन्धी नीति तर्जुमा गर्न तथा सेनाको परिचालन र नियन्त्रण गर्नका लागि सरकारलाई सिफारिश गर्न प्रधानमन्त्रीका अध्यक्षतामा रक्षा, गृह, परराष्ट्र र अर्थमन्त्री तथा मुख्य सचिव र प्रधानसेनापति परिषद्को सदस्य रहने संवैधानिक व्यवस्था छ ।

सदस्य सचिवका रुपमा रक्षा मन्त्रालयका सचिवले काम गर्ने परिषद्ले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने तथा सो प्रतिवेदन प्रधानमन्त्रीमार्फत सङ्घीय संसद्मा पेश भई छलफल हुने संवैधानिक व्यवस्था छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button