२१ अंकले घट्यो शेयर बजार, व्यापार बाहेक सबै समूह राताम्य

काठमाडौं । साप्ताहिक कारोबारको तेस्रो दिन आज (मंगलबार) शेयर बजार परिसूचक (नेप्से) २१.१६ अंकले घटेको छ ।
मंगलबार नियमित कोरोबार शुरु भएदेखि नै आरालो लागेको शेयर बजार बीचमा उतार चढाव व्यहोर्दै २५८६.५१ बिन्दुमा पुगेर बजार बन्द भएको हो ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सटिभ इन्डेक्स पनि मंगलबार २.४१ अंक अंकले घटेर ४७७.९४ विन्दुमा पुगेको छ ।
दिउँसो १ बजेसम्म २५१९ को विन्दुमा पुगेको नेप्से त्यसपछि विस्तारै सुधार हुँदै गएको थियो । मंगलबार ‘ब्यापार’ बाहेक नेप्सेका सबै समूहको उपसूचक आरालो लाग्यो । सबैभन्दा बढी अन्य समूहको उपसूचक २.२३ प्रतिशतले घट्यो ।
मंगलबार शेयर बजारमा ८ अर्ब ५६ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भयो । दिनभर भएका ८३ हजार ३ सय ५७ कारोबारबाट १ करोड ७७ लाख १४ हजार ९ सय १२ कित्ता शेयर किनबेच भएका छन् ।