प्रतिनिधि सभा पुनर्स्थापना: १३ दिनभित्र बैठक बोलाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले १३ दिनभित्र पुनर्स्थापित प्रतिनिधि सभाको बैठक बोलाउन आदेश दिएको छ ।

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटन गर्ने निर्णय बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको हो ।

सर्वोच्चले आजकै दिनदेखि १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउने आदेश दिएको हो।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा विघटन विरुद्ध परेका १३ थान रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले यस्तो निर्णय सुनाएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button