नेकपाको दाहाल-नेपाल समूहले सांसदहरुलाई छलफलका लागि बोलायो

काठमाडौं । प्रतिनिधि सभा पुनस्र्थापना भएपछि नेकपाकाे दाहाल-नेपाल समूहले आफू निकट सांसदहरुलाई छलफलका लागि बोलाएको छ ।

सर्वोच्च अदालतबाट प्रतिनिधिसभा विघटन गर्ने सरकारको असंवैधानिक निर्णयलाई बदर गरेसँगै प्रचण्ड–माधव पक्ष छलफलमा जुटेको हो ।

सांसदहरुसँगको छलफलका लागि अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल चितवनबाट काठमाडौं फर्कदै छन् ।

प्रमुख सचेतक देव गुरुङले आगामी रणनीति तय गर्नका लागि अनौपचारिक छलफलका लागि सांसदहरुलाई बोलाएको जानकारी दिएका छन् ।

प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक रहेको ठहर सर्वोच्च अदालतले गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button