ओली समूहको स्थायी कमिटी बैठक सकियो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको स्थायी कमिटी बैठक सकिएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभाको पनुःस्थापना गर्ने फैसला गरेपछि बालुवाटारमा बसेका बैठक सकिएको हो ।

बैठकमा सर्वोच्च अदालतको आदेशअनुसार संसद बैठक बोलाउने निर्णय गरेको एक नेताले जानकारी दिए ।

बैठकमा नेताहरु ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा बादल लगायतको सहभागी छन् । प्रतिनिधिसभा पुनःस्थापनापछि कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको थियो ।

प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्चको निर्णयलाई स्वागत गरेपनि प्रधानमन्त्री ओलीले पदबाट राजीनामा नदिने बताइसकेको छ । संसदको सामना गर्ने बताइसकेको छ ।

प्रचण्ड–नेपाल समूह अहिले देशभर विजय जुलुस निकालिरहेका छन् । ओली समूह रणनीति तय गर्ने बैठकहरुमा व्यस्त हुन थालेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button