नागरिक समाज भक्तपुरद्वारा विद्यालयकाे अनुगमन, शैक्षिक गुणस्तर सुधार गर्न सुझाव

भक्तपुर  /  नागरिक समाज संजाल भक्तपुरद्वारा चाँगुनारायण नगरपालिका ६ मा रहेको तौथली आधारभुत विद्यालय र श्री कालिका माध्यमिक विद्यालयमा अनुगमन गरेको छ ।

संजालले सार्वजनिक विद्यालयको शौक्षिक गुणस्तर सुधार गर्न अनुगमन गरी सुझावसहित अनुगमनको प्रतिवेदन स्थानीय तहलाई एक कार्यक्रमका बिच बुझाउने गरी अनुगमन सम्पन्न गरेको छ ।

अनुगमनको क्रममा विद्यालयको शौक्षिक अवस्था, आर्थिक अवस्था, भौतिक पुर्वधार, व्यवस्थापकिय पक्ष, स्वास्थ्य मापदण्डको अवस्था, लगायत पक्षहरुको बारेमा स्थलगत अनुगमन गरी विद्यालयका प्रधानाध्यापक, शिक्षक शिक्षिकाहरु, बालक्लबका प्रतिनिधिहरु, व्यवस्थापन समितिका पदाधिकारीहरु र अभिभावकहरुसँग भेटेर छलफल गरी प्रश्न उत्तर गरिएको थियो ।

स्थलगत अनुगमनको क्रममा देखिएका राम्रो अभ्यासहरु अनुशरण गर्दै यहि अवस्थालाई जोगाईराख्न नागरिक समाजले सुझाव दिएको छ भने सुधार गर्नुपर्ने पक्षहरुमा विद्यार्थीहरुको संख्या बढाउनु पर्ने, स्वास्थ्य मापदण्ड पुर्ण रुपमा कार्यान्वयन गर्नु पर्ने, शौचालय कक्षा कोठाहरु पुर्ण रुपमा सरसफाइ हुनु पर्ने, खानेपानीको राम्रो व्यवस्थापन हुनु पर्ने, कम्पाउण्ड वाल लगाउने पर्ने, कर्मचारी र शिक्षक दरबन्दी बढाउनु पर्ने, विद्यार्थी सिकाई उपलब्धिहरु टाँस्नु पर्ने, सुचनापाटिको व्यवस्था हुनु पर्ने, सम्बन्धि निकायहरुले अनुगमन गर्नुपर्ने, व्यवस्थापन समिति र अभिभावकहरु बिच छलफल बैठक हुनुपर्ने लगायतका विषयमा सुझावहरु दिइएको छ ।

अनुगमन कार्यक्रमको आवश्यक समन्वय मानवअधिकार सञ्चार प्रतिष्ठान नेपालले गरेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button