गायिका अन्जु पन्तले दोस्रो विवाह गरिन्

ललितपुर / एक वर्षदेखि प्रेममा रहेका चर्चित गायिका अन्जु पन्त र गीतकार तथा पत्रकार थिर कोइराला अन्ततः बैवाहिक बन्धनमा बाँधिएका छन् ।

गायक मनोज राज शिवकोटीसँग सम्बन्ध विच्छेद गरेको लगभग १० वर्षपछि गायिका अन्जु पन्तले आज अपरान्ह ३ बजे क्वाइनोनिया पाटन चर्चमा ख्रीष्टियन विधिअनुसार दोस्रो विवाह गरेकी हुन् ।

कोभिड १९ का कारण सीमित आफन्त, शुभचिन्तक र चर्चका अगुवाहरूलाई मात्र निमन्त्रणा गरिएको बैवाहिक कार्यक्रममा गायक रामकृष्ण ढकाल र सङ्गीतकार आलोक श्री लगायतका अन्य व्यक्तिहरुको पनि उपस्थति रहेको थियो भने कुनै पनि मिडियाकर्मीलाई निमन्त्रणा गरिएको थिएन ।

आजकै दिन वैवाहिक जीवनमा बाँधिएका गायिका पन्त र गीतकार तथा पत्रकार कोइरालाका पहिलो वैवाहिक सम्बन्धबाट दुवैका एक छोरा र छोरी छन् । गायक मनोजराजले भने यसअघि नै दोस्रो विवाह गरी एक छोरीको जन्मसमेत भैसकेको छ ।

थिर र अन्जुबीच तीन वर्ष अगाडि भेट भएको थियो । थिर गीतकार पनि हुन् । थिरले लेखेका केही गीतमा अन्जुले स्वर पनि भरेकी छिन् ।

गायक तथा संगीतकार मनोजराज सिवाकोटीसँगको डिभोर्स भएपछि अन्जु छोरी परितोशिकासँग बस्दै आएकी थिइन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button