विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडाैं । नेपाली कांग्रेसको पदाधिकारीको बैठक आज बस्दै छ । बैठक देउवा निवास बुढानीलकण्ठमा दिउँसो तीन बजे बोलाइएको छ ।

पार्टीका पूर्वपदाधिकारीहरुसमेत सहभागी हुने बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्ने बताइएकाे छ।

बैठकमा विकसित राजनीतिक घटनाक्रम, संसद् पुनःस्थापनापछि कांग्रेसको रणनीति, नेकपा प्रचण्ड-माधव समूहको प्रस्तावलगायत विषयमा छलफल हुने पौडेलले बताए ।

सर्वोच्च अदालतले संसद विघटन असंवैधानिक ठहर गरेपछि पुर्नस्थापित संसदमा नयाँ सरकार गठनको अभ्यास सुरू भएकाे छ भने दलहरू बैठक छलफलमा जुटेका छन् ।

यसमा निर्णायक देखिएको कांग्रेससँग प्रचण्ड-माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले बुधबार नै देउवालाई भेटेर सत्ता साझेदारीको प्रस्तावसमेत राखिसकेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button