मन्त्रिपरिषद बैठक आज बस्दै, संसद बैठक बोलाउन सिफारिस गर्न सक्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे बैठक डाएिको हो । प्रतिनिधिसभा पुनः स्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि पहिलोपटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।
मंगलबारको फैसलामा १३ दिनभित्र संसद बैठक बोलाउन सर्वोच्चले परमादेश जारी गरेको अवस्थामा आज बस्ने मन्त्रिपरिषदको बैठकले संसद बैठक आव्हानको लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सम्भावना रहेको छ ।