मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्दै छ । बिहीबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको मन्त्रिपरिषद् बैठकमो स्वास्थ्य आपतकालीन अवस्था र लकडाउनको स्वरूप हेरफेरबारे छलफल हुने बताइएको छ । प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले नियमित कार्यसूचीमाथि छलफल हुने बताए ।

उनले लकडाउन मोडालिटीबारे खासै छलफल नहुने सङ्केत गरे । “नियमित कार्यसूची छन् । लकडाउनको समीक्षा त हुने भयो । मुख्य विषय त्यो होइन,” उनको भनाइ थियो ।

आजको बैठकमा मूलतः स्वास्थ्य इमरर्जेन्सीकै बारेमा छलफल केन्द्रित हुने स्रोतको दाबी छ । बुधबार स्वास्थ्य मन्त्रालयले स्वास्थ्य आपतकालीन घोषणासम्बन्धी प्रस्ताव मन्त्रिपरिषद् कार्यालयमा लैजाने निर्णय गरेको थियो । कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेपछि स्वास्थ्य आपतकालीन घोषणा गर्ने मन्त्रालयको नीतिलाई कार्यरूप दिन लागेको स्रोतले बतायो ।

“यो कुनै विशेष अवस्था होइन । कोभिड–१९ विरुद्ध स्वास्थ्यसँग सम्बन्धित संस्था, व्यक्तिहरू परिचालित गर्ने योजना हो । यसमा परीक्षण र उपचारको दायरा फराकिलो हुने छ । निजी क्षेत्र पनि परिचालित हुनेछन्,” मन्त्रालय स्रोतले भन्यो ।

हिजै स्वास्थ्य मन्त्रालयले होम क्वारेन्टिनसम्बन्धी निर्देशिका पनि जारी गरिसकेको छ । अब सरकारले कोरोना सङ्क्रमित पुष्टि भएका लक्षण देखिएका बाहेकलाई घरमै क्वारेन्टिन राख्न सकिने र त्यसमा स्वास्थ्य मन्त्रालयको प्रोटोकल पालना गर्नुपर्ने निर्देशिका जारी गरेको छ । त्यस्तै मन्त्रालयले शव व्यवस्थापन सम्बन्धी कार्यविधि पनि संशोधन गरेको छ ।
फाइल तस्बिर ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button