बाँकेमा जसपा पार्टीको लहर, आज मात्र २३ जना पार्टीमा प्रवेश

किशोर शाही, बाँके । जनता समाजवादी पार्टीमा विभिन्न राजनीतिक दल परित्याग गरी २३ जनाले पार्टी प्रवेश गरेका छन् ।

कोहलपुर नगर कमिटीले आज आयोजना गरेको संगठन बिस्तार तथा पार्टी प्रवेश कार्यक्रममा जसपा कार्यकारिणी सदस्य तथा पूर्व शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले नव प्रवेशीलाई टीका र खादा लगाई पार्टी प्रवेश गराउनु भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राईले आफू मन्त्री हुँदा कोहलपुरको बिकासका लागि हाईमाष्ट लाइट, बसपार्क, तथा विभिन्न सडक निर्माणका लागि बजेट छुट्टयाइएको र आगामी दिनमा पनि कोहलपुरको बिकासका लागि आफुले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले यो देशको मुहार फेर्न पुराना पार्टीबाट सम्भावना नरहेकाले सबैलाई जनता समाजवादीमा आउन आग्रह समेत गर्नुभएको छ ।

कोहलपुर नगर कमिटी अध्यक्ष धन प्रसाद धितालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बाँके जिल्ला कमिटि, कोहरलपुर नगर कमिटिका जसपा नेता, कार्यकर्ता लगायतको उपस्थिति रहेको जसपा युवा नेता तथा कोहलपुर नगर सचिव शुभाखर पोख्रेलले जानकारी गराउनु भयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button