प्रधानमन्त्री ओली आज गृह जिल्ला झापा जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा जाँदै छन् । प्रधानमन्त्री ओली झापामा औद्योगिक क्षेत्र शिलान्यासलगायतका कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।

प्रतिनिधिसभा पुर्नस्थापना भएपछि पहिलो पटक उपत्यका बाहिरको कार्यक्रममा सहभागी हुन लागेका प्रधानमन्त्री ओलीले पहिलो कार्यक्रम आफ्नै निर्वाचन क्षेत्रमा राखेका छन् ।

प्रधानमन्त्री ओली बिहान ११ बजे झापाको भद्रपुर बिमानस्थलबाट सोझै आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५ मा उनले कमल गाउँपालिकाको तोपगाछी क्याम्पाबाट धरमपुर मंगलबारे जोड्ने सडकमा पर्ने कमल खोलाको पुल उद्घाटन गर्ने कार्यक्रम रहेकोछ ।

झापाको दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकामा फैलिने औद्योगिक क्षेत्रलाई ‘चीन–नेपाल मैत्री औद्योगिक पार्क’ नाम दिइएको छ । ६४ अर्ब रुपैयाँ लगानी रहने ‘चीन–नेपाल मैत्री औद्योगिक पार्क’ पीपीपी मोडलमा निर्माण गर्ने सम्झौता भइसकेको छ ।

उनले दमक १० बाट मोरङको उर्लाबारी नगपालिकास्थित अमबारी जोड्ने मावा बेतीनी खोलामा निर्मित पुलको पनि उद्घाटन गर्नेछन् ।

प्रधानमन्त्री ओलीले कमल गाउँपालिका, गौरादह नगरपालिका र दमक नगरपालिका क्षेत्रमा निर्माण हुने भनिएको चीन नेपाल मैत्री औद्याेगिक पार्कको शिलान्यास गर्ने कार्यक्रम छ ।

उक्त कार्यक्रम कमल गाउँपालिका ७ स्थित झर्का पश्चिममा आयोजना हुदैछ । त्यहाँ आयोजना हुने सभालाई प्रधानमन्त्रीले संबोधन गर्ने समेत कार्यक्रम छ

त्यसपछि उनले दमक १ मा हेको आँखा अस्पतालबाट ईलामको चुलाचुली जोड्ने सडकमा पर्ने रतुवा खोलाको पुल उद्घाटन गर्नेछन् ।

ओलीको गृहनगरमा अन्तिम कार्यक्रम भने दमक बेलडाँगीस्थित ईलामको बकुवा बिचमा पर्ने रतुवा नदिको पुल सहित मदन भण्डारी लोकमार्ग अन्तर्गतको धरान–बाहुँनडाँगीखण्डमा पर्ने ३१ वटा खोलामा निर्माण हुने पक्की पुलको एकैसाथ शिलान्यास गर्ने कार्यक्रम छ ।

सरकारले एक सातामा पाँच वटा औद्योगिक क्षेत्र शिलान्यास कार्यक्रम निर्धारण गरेको थियो । सो कार्यक्रमअनुसार फागुन १० गते कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्र, फागुन ११ गते बाँकेको नौबस्ता औद्योगिक क्षेत्र, फागुन १३ गते रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र र १४ गते मकवानपुरको मोतीपुर औद्योगिक क्षेत्र शिलान्यास भइसकेका छन् ।

हाल नेपालमा ११ वटा औद्योगिक क्षेत्र सन्चालित छन् । पछिल्लो समय प्रधानमन्त्रीको अधिकांश समय आफ्नै पार्टीको जनसभा, उद्घाटन, शिलान्यासलगायतका कार्यक्रममा खर्च हुँदै आएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button