बैतडीमा चितुवा मृत फेला

बैतडीको सुर्नया गाउपालिकामा चितुवा मृत फेला परेको छ ।
वडा नं ३ को बकजेवला भन्ने स्थानमा चितुवा मृत फेला परेको हो ।
झण्डै २ फिट उचाइ र ६ फिट लम्बाइको चितुवा मृत फोला परेको हो ।
डिभिजन वन कार्यालय बैतडीका प्रमुख केशव पराजुलीका अनुसार गोठालाहरुले शनिबार दिउसो देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
शनिबारसाँझ नै चितुवालाई डिभिजन वन कार्यालयमा लगिएको थियो ।
डिभिजन वन कार्यालयको प्राबिधिक टोलीले आजै प्रहरी तथा सरोकारवाला निकायको रहोबरमा ब्यवस्थापन गरिने बताइएको छ ।