प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बुधबार बस्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को प्रचण्ड–माधव पक्षको केन्द्रीय कमिटी बैठक बुधबार बस्ने भएको छ ।
फागुन १९ गते पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो ।
प्रचण्डकी स्वकीय सचिव गंगा दाहालका अनुसार फागुन १९ गते दिउँसो १ बजे केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।
सोमबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको सचिवालयको बैठकले स्थायी र केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो ।