सभामुख सापकोटा र अस्ट्रेलियाका राजदूतबीच शिष्टाचार भेट

१७ फागुन, काठमाडौं । सम्माननीय सभामुख अग्निप्रसाद सापकोटा र हालै जिम्मेवारी सम्हाल्नु भएका नेपालका लागि अस्ट्रेलियाका महामहिम राजदूत फेलीसिटी जेन भोल्कबीच आज  शिष्टाचार भेट भएको छ ।

सिंहदरबारस्थित कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले राजदूत फेलीसिटी जेन भोल्कलाई सफल कार्यकालको शुभकामना दिनु भयो ।

सभामुख सापकोटाले नेपाल र अस्ट्रेलियाबीच छ दशक लामो कुटनीतिक सम्बन्ध हार्दिक, सुमधुर, बहुआयामिक र नमुनायोग्य रहेको चर्चा गर्दै अस्ट्रेलियाले कोभिड–१९ नियन्त्रणमा हासिल गरेको उपलब्धिप्रति खुसी व्यक्त गर्नु भयो ।

उहाँले अस्ट्रेलियाको १ सय २० बर्ष लामो संघीयता सम्बन्धी असल अभ्यासहरु नेपालका लागि सिकाई हुनसक्ने बताउनु भयो ।

संघीय संसदमा नेपाल–अस्ट्रेलिया संसदीय मैत्री समूह रहेको बताउँदै सभामुख सापकोटाले  कोभिड नियन्त्रण पछि संसदीय मैत्री समूह थप सक्रिय भई संसद–संसदबीचको सहकार्य थप उचाईमा पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

नेपाली विद्यार्थीहरुको ठूलो संख्या अस्ट्रेलियामा  उच्च शिक्षाका लागि अध्ययन र रोजगारीमा समेत रहेको बताउँदै उहाँले यो अवसरका लागि अस्ट्रेलियाली सरकारलाई धन्यवाद ज्ञापन गर्नु भयो ।

राजदूत सुश्री फेलीसिटी जेन भोल्कले आफ्नो कार्यकालमा नेपालमा व्यापार, लगानी प्रवद्र्धन  र संघीयता कार्यान्वयनका लागि सहकार्य जारी रहने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

उहाँले आफ्नो देशमा संघीयताको लामो इतिहास भएपनि सिक्ने क्रम जारी रहेको चर्चा गर्दै नेपाल र अस्ट्रेलियाले एक अर्काबाट सिक्नु पर्ने धेरै विषय रहेको बताउनु भयो ।

उहाँले आफू २० बर्षको उमेरमा नेपाल आएको, त्यसपछि पनि तीन पटक नेपाल घुम्न आएको स्मरण गर्दै अहिले राजदूतका रुपमा आउन पाउँदा खुसी लागेको बताउनु भयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button